१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ दिनअघि त्रिशूलीमा हराएका यात्रु र बसको खोजी रोक्ने तयारी



अ+ अ-

काठमाडौं । चितवनको त्रिशुली नदीमा १७ दिनअघि हराएका दुई वटा बस र त्यसमा सवार यात्रुको खोजीको प्रयास असफल भएपछि सरकारले अब खोजी नै रोक्ने तयारी गरेको छ । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालबाट दुईवटा बस त्रिशूलीमा बेपत्ता भएको आज १७ दिन भएको छ ।

काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बस सिमलतालमा आएको पहिरोले बगाएर त्रिशूलीमा खसालेको थियो । दुवै बसमा गरी ६५ यात्रु थिए । तीमध्ये तीन जना हाम फालेर बाँचेका थिए भने २० जनाको शव भेटिएको छ । खोजीका क्रममा भेटिएका अरु चार वटा शवको पहिचान भएको छैन । बाँकी यात्रु बेपत्ता छन् ।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली तथा भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर अहिलेसम्म खोजी गरिरहेका छन् । भारतबाट आएको टोली त आजै स्वदेश फर्कने तयारीमा छ ।

बसको खोजीमा दैनिक सयौं जना सुरक्षाकर्मी परिचालन गरिएको छ । पछिल्लो समय नारायणी नदी किनारमा शव पनि भेटिन छाडेको छ ।

बस र यात्रुको कहिलेसम्म खोजी गर्ने भन्ने अन्योल भइरहेका बेला अब प्रशासनले खोजी नै रोक्ने तयारी गरेको हो । स्थानीय प्रशासनले गृहमन्त्रालयको निर्देशन कुरेर बस्ने छ ।

अहिले मध्य बर्खा पनि भएकाले पानीको तीव्रबहाव छ र नदी धमिलो पनि छ । त्यसैले बस भेटिने सम्भावना कम रहेको निष्कर्ष सुरक्षाकर्मीले निकालेका छन् ।

हराएका बसको खोजीका लागि गत साउन ४ गते आएको १२ जना भारतीयकोे खोजी तथा उद्दार टोली आज फर्कंदैछ ।

यसैबीच, शनिबार दिउँसो बसको खोजी लागि प्रयोग गरिएको १९ किलोको चुम्बक नै पानीमा हराएको छ । भारतबाट १४ र १९ किलोको दुईवटा चुम्बक ल्याएर खोजी गरिएको थियो । तीमध्ये १९ किलोको चुम्बक हराएको प्रहरी स्रोतले जानकारी दिएको छ । चुम्बकसँगै लाइफ ब्वाई ट्युब पनि पानीले बगाएको छ ।