१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको सचिवालयमा आधा हातले कम्प्युटर चलाउन सक्ने फरक क्षमताका गणेशको नियुक्ति !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधा हातले कम्प्युटर चलाउन सक्ने फरक क्षमता भएका गणेश राईलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले राईलाई बोलाएरै सचिवालयमा नियुक्ति दिएका हुन् ।

पहिलोपटक प्रधानमन्त्री हुँदै ओलीले राईको क्षमता देखेपछि सचिवालयमा राख्न निर्देशन दिएका थिए । तर उनी प्रधानमन्त्रीबाट बाहिरिएपछि गणेशलाई पनि हटाइएको थियो । दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि ओलीले पुन: गणेशलाई नै अवसर दिएका थिए ।

अहिले ओली पुन: प्रधानमन्त्री बनेपछि गणेशलाई खोजेरै आफ्नो सचिवालयमा अवसर दिएका हुन् । खोटाङका राईलाई लिएर एमालेका नेता विशाल भट्टराई प्रधानमन्त्रीको कार्यालयमा पुगेका थिए । त्यसपछि गणेशको जागिर पनि प्रधानमन्त्रीको सचिवालयमा सुनिश्चित भएको हो ।

खोटाङ काहुलेका गणेश राई जन्मजात अपांगता भएका व्यक्ति हुन् । उनको दुवै हातको कुहिनाभन्दा तलको भाग छैन । दिक्तेल क्याम्पस पढ्दै गर्दा उनलाई स्व. मिलन राईले केही काम गर्न र अध्ययन गर्न काठमाडौं ल्याएका थिए । भैरव राईले निकै ठूलो सहयोग गरेका थिए ।

प्रधानमन्त्री ओलीले सचिवालयमा नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत् अब राई आफूसँगै भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा के लेखेका छन् त ?