६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

जनआस्थाका किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की, पत्रकार संगठनहरु आक्रोसित

जनआस्थाका किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की, पत्रकार संगठनहरु आक्रोसित
अ+ अ-

काठमाडौं । जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएकोप्रति विभिन्न पत्रकार संगठनहरुले आपत्ति जनाएका छन् ।

मंगलबार बिहान १० बजेदेखि पटक–पटक फोन गरी कपिल सिको परिचयबाट चिनाएका व्यक्तिले अश्लिल गालीगलौज गर्दै जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई सिध्याइदिने धम्की दिएका थिए ।

सोही समूहका केही व्यक्ति दिउँसो धोबिघाटस्थित कार्यालयमा कम्मरमा पेस्तोल भिरेर प्रवेश गरी हुलदंगा गर्नुका साथै बमले उडाइदिने धम्की दिएका थिए ।

घटनाप्रति विभिन्न पत्रकार संगठनहरुले आपत्ति जनाएका छन् । माओवादी केन्द्र निकट प्रेस सेन्टरले आपत्ति जनाएको छ ।

सेन्टरका महासचिव सन्तोष पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्र्सना गरेका छन् । साउन ८ गते मंगलबार नेकपा विप्लव समूहको विद्यार्थी संगठन अखिल (समाजवादी) को सचिवालय सचिव बताउने व्यक्तिबाट आएको ज्यान मार्ने र संस्था बमले उडाइदिने धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

यस घटनाको विषयमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही गर्न तथा आगामी दिनमा सञ्चारमाध्यम र पत्रकारमाथि भौतिक तथा अन्य माध्यमबाट धम्की दिने, सूचना प्रवाहमा अवरोध गर्ने तथा स्वतन्त्र प्रेसमाथि आक्रमण गर्ने गतिविधि कुनै पनि पक्षबाट नगर्न तथा हुन नदिने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं’ ।

सञ्चारमाध्यमको कार्यालयमा हतियारसहित गएर धम्काउनु तथा प्रधान सम्पादकलाई फोनमार्फत ज्यान मार्ने धम्की दिनु प्रेस मान्यताविपरीतको कार्य भएको सेन्टरको भनाइ छ । विज्ञप्तिमा घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरिएको छ ।

‘सञ्चारमाध्यमको कार्यालयमा हतियारसहित गएर धम्क्याउने तथा सम्पादकलाई फोनमार्फत ज्यान मार्ने धम्की दिने कार्य मानवअधिकारको दृष्टिकोणबाट र संविधानत: प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेसको मान्यता विपरीत छ । तसर्थ,यस घटनाको विषयमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही गर्न तथा आगामी दिनमा सञ्चारमाध्यम र पत्रकारमाथि भौतिक तथा अन्य माध्यमबाट धम्की दिने,सूचना प्रवाहमा अवरोध गर्ने तथा स्वतन्त्र प्रेसमाथि आक्रमण गर्ने गतिविधि कुनै पनि पक्षबाट नगर्न तथा हुन नदिने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं’, सेन्टरले भनेको छ ।

त्यस्तै,श्रमजीवी पत्रकारहरुको नेतृत्वदायी संस्था नेपाल पत्रकार महासंघ, मिडिया एक्सन नेपाललगायतका सरोकारवाला निकायले पनि सो घटनाको निन्दा गरेका छन् ।