३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनआस्थाका किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की, पत्रकार संगठनहरु आक्रोसित



अ+ अ-

काठमाडौं । जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएकोप्रति विभिन्न पत्रकार संगठनहरुले आपत्ति जनाएका छन् ।

मंगलबार बिहान १० बजेदेखि पटक–पटक फोन गरी कपिल सिको परिचयबाट चिनाएका व्यक्तिले अश्लिल गालीगलौज गर्दै जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई सिध्याइदिने धम्की दिएका थिए ।

सोही समूहका केही व्यक्ति दिउँसो धोबिघाटस्थित कार्यालयमा कम्मरमा पेस्तोल भिरेर प्रवेश गरी हुलदंगा गर्नुका साथै बमले उडाइदिने धम्की दिएका थिए ।

घटनाप्रति विभिन्न पत्रकार संगठनहरुले आपत्ति जनाएका छन् । माओवादी केन्द्र निकट प्रेस सेन्टरले आपत्ति जनाएको छ ।

सेन्टरका महासचिव सन्तोष पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्र्सना गरेका छन् । साउन ८ गते मंगलबार नेकपा विप्लव समूहको विद्यार्थी संगठन अखिल (समाजवादी) को सचिवालय सचिव बताउने व्यक्तिबाट आएको ज्यान मार्ने र संस्था बमले उडाइदिने धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

यस घटनाको विषयमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही गर्न तथा आगामी दिनमा सञ्चारमाध्यम र पत्रकारमाथि भौतिक तथा अन्य माध्यमबाट धम्की दिने, सूचना प्रवाहमा अवरोध गर्ने तथा स्वतन्त्र प्रेसमाथि आक्रमण गर्ने गतिविधि कुनै पनि पक्षबाट नगर्न तथा हुन नदिने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं’ ।

सञ्चारमाध्यमको कार्यालयमा हतियारसहित गएर धम्काउनु तथा प्रधान सम्पादकलाई फोनमार्फत ज्यान मार्ने धम्की दिनु प्रेस मान्यताविपरीतको कार्य भएको सेन्टरको भनाइ छ । विज्ञप्तिमा घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरिएको छ ।

‘सञ्चारमाध्यमको कार्यालयमा हतियारसहित गएर धम्क्याउने तथा सम्पादकलाई फोनमार्फत ज्यान मार्ने धम्की दिने कार्य मानवअधिकारको दृष्टिकोणबाट र संविधानत: प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेसको मान्यता विपरीत छ । तसर्थ,यस घटनाको विषयमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही गर्न तथा आगामी दिनमा सञ्चारमाध्यम र पत्रकारमाथि भौतिक तथा अन्य माध्यमबाट धम्की दिने,सूचना प्रवाहमा अवरोध गर्ने तथा स्वतन्त्र प्रेसमाथि आक्रमण गर्ने गतिविधि कुनै पनि पक्षबाट नगर्न तथा हुन नदिने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं’, सेन्टरले भनेको छ ।

त्यस्तै,श्रमजीवी पत्रकारहरुको नेतृत्वदायी संस्था नेपाल पत्रकार महासंघ, मिडिया एक्सन नेपाललगायतका सरोकारवाला निकायले पनि सो घटनाको निन्दा गरेका छन् ।