१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकप्रिय लोक गायक एलपी जोशीको निधन



अ+ अ-

काठमाडौं । लोकप्रिय लोकगायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । बिहीबार राति ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा निधन भएको हो ।

‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको उहाँको गीत चर्चित छ ।

१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशी बिहीबार साँझ खाना खाएपछि अचानक बेहोस भएका थिए । उनको झापाको दमकस्थित घरबाट अस्पाल लानेक्रममा बाटोमै निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी लामो समयदेखि मधुमेहको औषधि खाँदै आएका थिए ।

उनले २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका थिए । २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशीले जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए ।

उनको ‘रिटिङ रिटिङ‘’ बोलको गीत सबैभन्दा चर्चित छ । उनको ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘’ गीतसमेत जनजनमा चर्चित छ । पारिवारिक स्रोतका अनुसार उनको अन्तिम संस्कार आज बिहान ११ बजेपछि झापाको कन्काई माइमा हुनेछ ।