• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

लोकप्रिय लोक गायक एलपी जोशीको निधन



काठमाडौं । लोकप्रिय लोकगायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । बिहीबार राति ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा निधन भएको हो ।

‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको उहाँको गीत चर्चित छ ।

१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशी बिहीबार साँझ खाना खाएपछि अचानक बेहोस भएका थिए । उनको झापाको दमकस्थित घरबाट अस्पाल लानेक्रममा बाटोमै निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी लामो समयदेखि मधुमेहको औषधि खाँदै आएका थिए ।

उनले २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका थिए । २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशीले जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए ।

उनको ‘रिटिङ रिटिङ‘’ बोलको गीत सबैभन्दा चर्चित छ । उनको ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘’ गीतसमेत जनजनमा चर्चित छ । पारिवारिक स्रोतका अनुसार उनको अन्तिम संस्कार आज बिहान ११ बजेपछि झापाको कन्काई माइमा हुनेछ ।