२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२३ मा जापानको जनसङ्ख्यामा सबैभन्दा ठूलो गिरावट



अ+ अ-

एजेन्सी । जापानी नागरिकको जनसंख्या २०२३ मा ८ लाख ६१ हजार (०.७० प्रतिशत) गिरावट भएको छ । एक वर्ष अघिको तुलनामा १२ करोड १५ लाख ६१ हजार ८०१ मा झरेको हो । १९६८ मा सर्वेक्षण शुरु भएदेखि सबैभन्दा ठूलो गिरावट भएको छ ।

जनवरी १, २०२४ सम्म आन्तरिक मामिला र सञ्चार मन्त्रालयद्वारा गरिएको जनसांख्यिकी सर्वेक्षण अनुसार, विदेशी बासिन्दाहरू सहित जापानको जनसंख्या १२ करोड ४८ लाख ८५ हजार १७५ थियो । जुन लगभग ५ लँख ३२ हजार कम थियो ।

अप्रिल २०२३ मा देशको कोभिड–१९–सम्बन्धित सीमा नियन्त्रण उपायहरूको अन्त्यले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र प्राविधिक इन्टर्नहरूलाई फर्काउन सहज भएकोले वर्षमा देशमा विदेशी जनसंख्या ३ लाख २९ हजार ५३५ वा ११।०१ प्रतिशतले बढेर ३३ लाख २३ हजार ३७४ पुगेको छ ।

देशका सबै ४७ प्रिफेक्चरहरूमा विदेशी बासिन्दाहरू बढेको छ । पहिलो पटक ३० लाख नाघेको छ भने राजधानीमा मानिसहरूको उच्च आवतजावतका कारण टोकियोमा मात्रै जापानी जनसंख्यामा ३ हजार ९३३ ले वृद्धि भएको छ ।

टोकियो, चिबा र ओकिनावाका तीन प्रिफेक्चरहरूमा विदेशी बासिन्दाहरू सहितको कुल जनसंख्या वर्ष–दर–वर्ष बढेको छ । अन्य ४४ प्रान्तहरूमा यो घटेको छ ।