५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२३ मा जापानको जनसङ्ख्यामा सबैभन्दा ठूलो गिरावट



अ+ अ-

एजेन्सी । जापानी नागरिकको जनसंख्या २०२३ मा ८ लाख ६१ हजार (०.७० प्रतिशत) गिरावट भएको छ । एक वर्ष अघिको तुलनामा १२ करोड १५ लाख ६१ हजार ८०१ मा झरेको हो । १९६८ मा सर्वेक्षण शुरु भएदेखि सबैभन्दा ठूलो गिरावट भएको छ ।

जनवरी १, २०२४ सम्म आन्तरिक मामिला र सञ्चार मन्त्रालयद्वारा गरिएको जनसांख्यिकी सर्वेक्षण अनुसार, विदेशी बासिन्दाहरू सहित जापानको जनसंख्या १२ करोड ४८ लाख ८५ हजार १७५ थियो । जुन लगभग ५ लँख ३२ हजार कम थियो ।

अप्रिल २०२३ मा देशको कोभिड–१९–सम्बन्धित सीमा नियन्त्रण उपायहरूको अन्त्यले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र प्राविधिक इन्टर्नहरूलाई फर्काउन सहज भएकोले वर्षमा देशमा विदेशी जनसंख्या ३ लाख २९ हजार ५३५ वा ११।०१ प्रतिशतले बढेर ३३ लाख २३ हजार ३७४ पुगेको छ ।

देशका सबै ४७ प्रिफेक्चरहरूमा विदेशी बासिन्दाहरू बढेको छ । पहिलो पटक ३० लाख नाघेको छ भने राजधानीमा मानिसहरूको उच्च आवतजावतका कारण टोकियोमा मात्रै जापानी जनसंख्यामा ३ हजार ९३३ ले वृद्धि भएको छ ।

टोकियो, चिबा र ओकिनावाका तीन प्रिफेक्चरहरूमा विदेशी बासिन्दाहरू सहितको कुल जनसंख्या वर्ष–दर–वर्ष बढेको छ । अन्य ४४ प्रान्तहरूमा यो घटेको छ ।