६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राष्ट्रिय शोकमा पनि विभेद ! आफ्नै नागरिकलाई दुई दर्जा किन ?

राष्ट्रिय शोकमा पनि विभेद ! आफ्नै नागरिकलाई दुई दर्जा किन ?
अ+ अ-

काठमाडौं । त्रिभुवन विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइँदै छ । विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।

यसअघि गत २७ गते चितवनको सिमलटारमा दुई वटा यात्रुवाहक बसलाई पहिरोले त्रिशूलीमा नदीमा खसाल्दा ६२ यात्रु बेपत्ता भएका थिए । उनीहरुमध्ये अहिलेसम्म २४ जनाको शव भेटिएको छ, बाँकी यात्रु बेपत्ता छन् । तर सरकारले समवेदनाबाहेक केही दिएन ।

विमान र बसमा यात्रा गर्नेहरुलाई सरकारले विभेद गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका छ । सिमलटार बस दुर्घटनामा परेकाहरुप्रति सरकारले चुँसम्म बोलेको छैन । एकै पटक ६२ जना यात्रु बेपत्ता हुँदा प्रधानमन्त्री त के मन्त्रीहरुसम्म घटनास्थलमा पुग्न सकेनन् । मृतकका परिवारलाई भेटेर आश्वासन दिनसम्म उनीहरुलाई फुर्सद भएन । जबकी त्रिभुवन विमानस्थलमा विमान दुर्घटना हुँदा प्रधानमन्त्री, गृहमन्त्री, अन्य मन्त्रीदेखि उच्च पदस्थ कर्मचारीको स्थलगत अवलोकन गर्ने भीड नै लागेको थियो ।

त्यति मात्र नभएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएकोप्रति सरकारले राष्ट्रिय शोक नै घोषणा गरी राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । बस र विमान जे दुर्घटना भए पनि मानवीय क्षेत्र भएको छ । बसमा यात्रा गर्ने जीवनको मूल्य जति हुन्छ, विमानमा गर्नेको पनि उत्ति नै हो । तर सरकारले नागरिकमाथि नै विभेद गरेको छ ।

सिमलटार बस दुर्घटनाबारे छानबिन गर्न बेवास्ता गरेको सरकारले विमान दुर्घटना भएलगत्तै मन्त्रिपरिषद्को बैठक राखेर छानबिन आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

सुमनको संयोजकमा गठित समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ । आगामी दिन यस्ता दुर्घटना हुन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो ।

त्यस्तै आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक तर्फका सवै वायुसेवा कम्पनीहरूले जहाजको अनिवार्य परिक्षण गर्ने र नागरिक उड्ययन प्राधिकरणले सघन अनुगमन गर्नुपर्ने निर्णय गरेको छ ।