२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लाल सिंह चड्डा’ फ्लप हुँदा आमिरले पार्टी दिएका थिए



अ+ अ-

एजेन्सी । फिल्म ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि आमिर खानले पार्टी दिएका थिए । यो कुरा चलचित्रमा काम गरेकी अभिनेत्री मोना सिंहले खुलाएकी छिन् ।

फिल्म फ्लप हुनुको सम्पूर्ण जिम्मेवारी आमिरले लिएको र टिमको मेहनतको कदर गर्दै पार्टी पनि गरेको उनले बताइन् ।

सिद्धार्थ कन्ननको च्याट शोमा मोनाले लाल सिंह चड्डाको फ्लपको बारेमा कुरा गरेकी थिइन् । उनले भनिन्, ‘अवश्य पनि नराम्रो लाग्यो कि हामीले यति दिनसम्म सुटिङ गर्यौँ, यति राम्रो बन्धन बनेको थियो, यति राम्रो दृश्य बनेको थियो तर सिनेमाघरमा त्यति राम्रो प्रतिक्रिया पाएनौं ।’

मोनाले थप भनिन्, ‘फिल्म फ्लप हुँदा आमिर निराश भए तर टिमको मेहनत देखेर उनले पार्टी आयोजना गरे । टिमको मिहिनेत हेरेर फिल्म फ्लप भए पनि पार्टी गर्न सक्ने एक मात्र अभिनेता आमिर हुन् । मलाई याद छ उनले भका थिए – फिल्म नचल्दा के हुन्छ ? के हामीले उत्सव मनाउन छोड्ने ? फिल्म फ्लप हुनुको सम्पूर्ण जिम्मेवारी उनले लिएकाले म उनलाई धेरै सम्मान गर्छु ।’

‘लाल सिंह चड्ढा’ ११ अगस्ट २०२२ मा सिनेमाघरमा रिलिज भएको थियो । फिल्मले तीन लाख स्क्रिन पाएको थियो । तर, बक्स अफिसमा खराब प्रदर्शनपछि फिल्मका धेरै शो रद्द भएका थिए । फिल्ममा आमिर बाहेक करिना कपुर र मोना सिंह पनि थिइन् ।

यो फिल्म टम ह्याङ्क स्टारर हलिउड फिल्म ‘फोरेस्ट गम्प’ को हिन्दी रिमेक थियो। यस फिल्मबाट आमिर ४ वर्षपछि कमब्याक गरेका थिए । उनको अघिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ थियो, जुन २०१८ मा रिलिज भएको थियो । १८० करोडको बजेटमा बनेको यो फिल्मले विश्वव्यापी बक्स अफिसमा १३० करोड कमाएको थियो र फ्लप साबित भयो ।