२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगमन्त्री भण्डारी र खेलकुदमन्त्री चौधरीको विदेश भ्रमण स्वीकृत



अ+ अ-

काठमाडौँ । सरकारले भारतको नयाँ दिल्लीमा आयोजना हुने बिमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी स्वीकृति दिएको छ ।

साउन ७ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय (आज) बुधवार सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोबारे जानकार िगराउनुभएको हो । उहाँले समृद्धिका लागि वन आयोजनाका लागि विश्व बैंकबाट थप १३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको पनि बताउनु भयो । उहाँकाअनुसार सरकारले फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ३३ औं ग्रिष्मकालीन ओलम्पिक खेल समारोहमा २०८१ साउन १० देखि १२ गतेसम्म युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई सहभागी हुन स्वीकृति दिएको छ ।

उहाँले भन्नुभयो, ‘समृद्धिका लागि वन आयोजनाका लागि विश्व बैंकबाट थप १३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने । २०८१ साल साउन २२ देखि २४ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने बिमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन माननीय उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिने ।
फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ३३ औं ग्रिष्मकालीन ओलम्पिक खेल समारोहमा २०८१ साउन १० देखि १२ गतेसम्म युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई सहभागी हुन स्वीकृति दिने । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा सहसचिव महादेव पन्थलाई कायममुकायम मुकरर गर्ने ।’

सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा सहसचिव महादेव पन्थलाई कायममुकायम तोक्ने निर्णय पनि गरेको छ ।