१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबारदेखि उपत्यकामा जोर–बिजोर प्रणाली हट्ने



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ। 

बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार बैठकले जोरबिजोर हटाउने निर्णय गरेसँगै शुक्रबारदेखि सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन्। तर, त्यसका लागि सबै सार्वजनिक र निजी सवारी स्वास्थ्य मापदण्ड पालना भने अनिवार्य रुपमा गर्नुपर्नेछ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले यातायात व्यवसायीले स्वास्थ्य प्रोटोकल पूर्ण रुपमा पालना गरेर यातायात चलाउने बताए।