५ आश्विन २०८१, शनिबार
,
Latest
सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले उच्च मनोबलका साथ कुटनीतिक सम्बन्धलाई अघि बढाउनु पर्छ: माधवकुमार नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र सम्बन्धलाई उच्च मनोबलका साथ अघि बढाउन सरकारलाई सुझाव दिनुभएको छ ।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष नेपालले देशको हितको रक्षाका लागि सरकारले उच्च मनोबलका साथ परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने तर्क गर्नुभयो । परराष्ट्र मामिलामा नेपालको शक्ति भनेको गौरवपूर्ण इतिहास भएको उल्लेख गर्दै उहाँले त्यसैलाई अवलम्वन गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष नेपालले अरुले स्वीकार गर्ने र नेपालले पनि त्यसमा बलियोसँगले राख्नसक्ने विषयहरुको पहिचान गरेर नेपालले परराष्ट्र सम्बन्धलाई भरपर्दो बलियो बनाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘परराष्ट्र मामिलामा हामीसँग भएको शक्ति भनेको हाम्रो गौरवपूर्ण इतिहास हो । त्यो इतिहासले पनि हाम्रो मनोबललाई उच्च बनाउँछ । त्यसकारण उच्च मनोबलका साथ नै जानुपर्ने, अघि बढ्नुपर्ने, आफ्नो देशको हितको रक्षाका लागि अघि बढ्नुपर्ने आवश्यकता पर्छ । तर यहाँ हामीसँग कुटनीतिक कौशलता भएन भने, राम्रो तयारी गर्ने काम गर्न सकेनौ भने हामी डिल गर्न सक्दैनौं । विश्वमा १९१ देशसँग सम्बन्ध बढाउनुपर्नेछ ।’

अध्यक्ष नेपालले सरकारले विभिन्न देशमा रहेका नेपालीहरुलाई सहज हुनेगरी कुटनीतिक नियोगहरुको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि आंैल्याउनु भयो ।