२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटनाबारे उड्ययन प्राधिकरणसँग प्रधानमन्त्री ओलीले लिए ब्रिफिङ



अ+ अ-

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा पुगेर प्रधानमन्त्री ओलीले ब्रिफिङ लिएका हुन् । त्यसअघि उद्धार र दुर्घटनाको अवस्था बुझ्न घटनास्थल पुगेका थिए ।

घटना लगत्तै गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रप्रसाद पाण्डेसहित उच्च अधिकारीहरु पनि दुर्घटनास्थल पुगेका थिए । निरीक्षणपछि गृहमन्त्री लेखकले दुर्घटनाबारे विस्तृत छानबिन गर्ने बताए ।

बुधबार काठमाडौंबाट पोखरा जाँदै गरेको ९ एन–एएमई सीआरजे ७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । दुर्घटनाबाट बाच्न सफल भएका पाइलट मनिषरत्न शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भईरहेको छ ।