१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमार्फत जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की



अ+ अ-

कनकाई । झापाको कनकाइमा रहेको बिपी वन बाटिकाका विषयमा जनप्रतिनिधिलाई जोडेर स्थानीय एक वन हेरालुले ज्यान मार्ने धम्की दिएको छ । कनकाई– ५ मा रहेको वन बाटिकाका विषयमा आएको समस्या स्थानीय राजनीतिक दलसहित सरोकारवालासँगको सर्वपक्षीय भेलाबाट तीन वर्षअघि नै समाधान भएको थियो ।

पछिल्लो समयका वन हेरालु स्थानीय ज्ञानेन्द्र भट्टराईले बाटिका समिति र वडाका जनप्रतिनिधिले आफूलाई विस्थापित गरेको आरोप लगाउँदै सामाजिक सञ्जाल (युट्युब) मार्फत ज्यान मार्ने धम्की दिएपछि समस्या बाहिर आएको हो । स्थानीय सरकारका प्रतिनिधिलाई जोडेर सामाजिक सञ्जालमा आएका विषयप्रति खेद प्रकट गर्दै प्रमुख राजनीतिक दलसहित तीन दर्जन बढी स्थानीय सामाजिक सङ्घसंस्था साथै सरोकारवालाको उपस्थितिमा प्रेस विज्ञप्ति जारी गर्दै भट्टराई परिवारबाट लगाएको आरोपको खण्डन गरिएको छ ।

जनप्रतिनिधिले विस्थापित गरेको भन्ने भट्टराईको आरोपलाई कनकाई– ५ का वडाध्यक्ष कृष्णबहादुर राईले खण्डन गर्नुभयो । बाटिकालाई राज्यको सम्पत्तिका रुपमा हस्तान्तरण गरिसकेकाले कसैले पनि यस विषयमा विवाद नझिक्न आग्रह गरिएको छ । समस्या समाधान गरेर नगरलाई हस्तान्तरण गर्न बाटिका समिति, वडाध्यक्षसहित जनप्रतिनिधि र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रद्वारा गठित माकुरा समूहले नौ महिनासम्म लगाएर सहजीकरण गरेको थियो । तत्कालीन समयमा भएको सहमतिविपरीत भट्टराईले जनप्रतिनिधिबाट आफू विस्थापित भएको आरोप लगाएको बताइएको छ ।