६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपालमा विश्वको प्रविधि र समृद्धि भित्र्याउने काममा लाग्न परराष्ट्रमन्त्रीको आग्रह

नेपालमा विश्वको प्रविधि र समृद्धि भित्र्याउने काममा लाग्न परराष्ट्रमन्त्रीको आग्रह
अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिका माध्यमबाट विश्वको समृद्धि तथा प्रविधि भित्र्याउने काममा लाग्न नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुलाई आग्रह गर्नुभएको छ ।

नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर, कर्पस नेपालको १७औँ वार्षिक साधारणसभा तथा ‘चार्टर डे’ समारोहलाई मंगलबार यहाँ सम्बोधन गर्दै मन्त्री डा राणाले भन्नुभयो, “यहाँहरु यति धेरै देशसँग जोडिनुभएको छ, त्यो नेपालका लागि पनि खुसीको कुरा हो । यहाँहरु जुनजुन देशसँग जोडिनुभएको छ, ती देशको समृद्धि, प्रविधि तथा ज्ञानलाई नेपालसम्म ल्याउन र ती देशबाट नेपालमा लगानी भित्र्याउने काममा लाग्न म यहाँहरुलाई आग्रह गर्दछु ।”

मन्त्री डा राणाले नेपालको संस्कृति, यहाँको पर्यटन र सम्पदाहरु संसारकै अलौकिक र अद्वितीय रहेकाले यिनको प्रचारगरी विश्वस्तरमा पुर्‍याउन आग्रह गर्दै संसारका पर्यटक नेपाल भित्र्याउने काममा अनररी कन्सुलरहरको भूमिका महत्वपूर्ण हुने धारणा पनि राख्नुभयो । साथै उहाँले नेपालले लिएको शान्ति, मानव अधिकार र प्रजातन्त्रप्रतिको प्रतिबद्धताको सन्देश पनि विश्वमा पुर्‍याउन आग्रह गर्नुभयो ।

मन्त्री डा राणाले संसारमा नेपालको अलग्गै पहिचान रहेको र हाम्रो परम्परा र सम्पदाहरु विश्वका पर्यटकहरुका लागि आकर्षणका केन्द्र भएकाले विश्वका यतिधेरै देशससँग जोडिएका वाणिज्यदूतहरुले नेपालमा पर्यटन क्षेत्रको प्रवर्धनका लागि लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल अब राजनीतिक स्थायित्वमा प्रवेश गरेकाले वैदेशिक तथा स्वदेशी लगानीका लागि पनि लाग्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री डा राणाले भन्नुभयो, “मलाई लाग्छ राजनीतिक अस्थिरताका कारण पनि धेरै कुरामा असर पर्दछ । अब देशका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार निर्माण गरेकाले देशमा राजनीतिक स्थायित्वको वातावरण निर्माण भएको छ । त्यसैले यहाँहरुलाई ढुक्क भएर लगानी गर्न र नेपालमा बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याउने काममा लाग्न पनि मेरो आग्रह छ ।” उहाँले नेपालमा यी दुई ठूला दल मिल्दा देशमा समय समयमा ठूला र महत्वपूर्ण राजनीतिक परिवर्तन भएका स्मरण गर्दै अब पनि यी दलको संयुक्त सरकारबाट देशमा राजनीतिक स्थायित्व र समृद्धि आउने विश्वास दिलाउनुभयो ।

नेपालमा कार्यरत ६२ देशका अवैतनिक वाणिज्यदूतहरुको यो संस्थाले आज नयाँ डिनमा नेपाल उद्योग वाणिज्य महासंघक अध्यक्ष चन्द्रप्रसाद ढकाल र भाइस  डिनमा भोलाविक्रम थापालाई चयन गरेको छ । यसअघिका डिन विष्णु अग्रवालले सो पद ढकाललाई हस्तान्तरण गर्नुभएको हो । ढकाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत हुनुहुन्छ । सो अवसरमा डिन ढकालले आफूहरुले आर्थिक र सांस्कृतिक रुपमा देशलाई विश्व समुदायसँग जोड्दै आएको बताउनुभयो ।  रासस