२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमुख्यमन्त्री कार्कीले शौचालयमा थुनेर कुट्ने धम्की दिएपछि सचिव भट्टराईले गुहारे प्रशासन



अ+ अ-

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूलाई शौचालयमा थुन्ने र कुटपिट गर्ने धम्की दिएको भन्दै प्रदेश सरकारका सचिव लक्ष्मीप्रसाद भट्टराईले प्रशासन गुहारेका छन् ।

सामाजिक विकास मन्त्रालयका सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा हिजो उजुरी दिँदै सुरक्षा माग गरेका हुन् । उनले कानुनी कारवाहीको मागसमेत गरेका छन् ।

सचिव भट्टराईले सोमबार साँझ ४ बजेर ५३ मिनेटमा पूर्वमुख्यमन्त्री कार्कीले आफूलाई फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको बताएका छन् ।

कुटपिट गर्ने धम्की आएपछि सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएको बताएका छन् ।

विराट गोल्डकपका लागि मुख्यमन्त्री हुँदा घोषणा गरेको २५ लाख रकम सचिवले रोकेको भन्दै कार्की आफूमाथि खनिएको भट्टराईको भनाइ छ ।

पूर्वमुख्यमन्त्री कार्कीले भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै उजुरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

फुटबल प्रतियोगिता सम्पन्न भए पनि मन्त्रालयले रकम निकासा नदिएको भन्दै विराट गोल्ड कप ट्रष्टका पदाधिकारीहरूले पूर्व मुख्यमन्त्री कार्कीलाई सोमबार गुनासो गरेका थिए ।