१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकास्थित नेपालीको सहयोगमा अनाथ आश्रमका बालबालिकालाई स्कुल भ्यान



अ+ अ-

ललितपुर; अमेरिकाको क्यालिफोर्नियामा रहेको निलकृष्ण जसोदा सिटौला फाउन्डेसनले ललितपुर महानगरपालिका–२५ नख्खुडोलस्थित तुलसी फाउन्डेसनद्धारा सञ्चालित तुलसालय आश्रमका बालबालिकाका लागि स्कुल बस सहयोग गरेको छ ।

सो आश्रममा आश्रित रहेका बालबालिकालाई दिनमै करिब १५ किलोमीटर टाढा पैदल स्कुल जाने गरेकाले सो अवस्थाको अन्त्यकालागि सो फाउन्डेसनका संस्थापक अध्यक्ष ईश्वर कान्त सिटौलाको अगुवाईमा अमेरिकामा रहेका नेपाली नागरिकहरु माझ सञ्चालन गरेको गो फन्ड मि मार्फत् निलकृष्ण जसोदा सिटौला फाउन्डेसनले १२०० डलर, नेपाली ओमेन ग्लोवल नेटवर्क क्यालिफोर्नियाले ३०१ डलर,नेपाली एसोसिएसन नर्थेन क्यालिफोर्निया  २५१ डलर, क्रियटिभ नेपाली युथ अर्गनाइजेसन क्यालिफोर्नियाले १८१ डलर एवम् १६३ सहयोगीहरुबाट संकलन गरेको रकमबाट खरिद गरिएको सो स्कुल भ्यान शनिबार उक्त आश्रमलाई हस्तान्तरण गरिएको छ ।

“GoFundMe” अभियान सञ्चालन गरेर अमेरिकी ८ हजार २ दुई सय १ डलर १० लाख ८९ हजार रुपैयाँ उक्त आश्रमलाई दिइएको र आश्रमले १६ लाख ७५ हजार रुपैयाँमा सो भ्यान खरिद गरिएको जानकारी उक्त आश्रमका सञ्चालक तथा तुलसी फाउन्डेसनका अध्यक्ष सरु सुवेदीले जानकारी दिनुभयो ।

निलकृष्ण जसोदा सिटौला फाउन्डेसनको नेपाल शाखाका प्रमुख गोपीकृष्ण प्रसाईं किशोर उप्रेती,पवन प्रसाईं,एच ताम्राकार लगायतको टिमले शनिबार आश्रममा आयोजित एक विशेष समारोहमा सो भ्यानको रिबन काटेर आश्रमलाई हस्तान्तरण गरिएको थियो ।

त्यस अवसरमा गोपीकृष्ण प्रसाईंले गरिब तथा असहाय बालबालिकालाई आश्रय दिइ लालन पालन गरिरहेको तुलसालय आश्रमको प्रशंसा गर्दै यस्ता बालबालिका विद्यालय जान सजिलो हुनेगरी यस्तो पवित्र काममा सहयोग गर्न पाएकामा उक्त फाउन्डेसन निकै गौरवान्वित भएको बताउनुभयो । उहाँले उक्त फाउन्डेसनले शिक्षा, साहित्य तथा कलाकारिताका क्षेत्रमा पनि सहयोग पुर्याउँदै आएको पनि जानकारी दिनुभयो ।

त्यस अवसरमा आश्रमका तर्फबाट अध्यक्ष सुवेदीले उक्त आश्रमका बारेमा जानकारी दिँदै बसका लागि १० लाख ८९ हजार रुपैयाँ सहयोग जुटाइदिने निलकृष्ण जसोदा सिटौला फाउन्डेसनका अध्यक्ष दम्पति ईश्वर कान्त दुर्गा सिटौलालाई विशेष धन्यवाद दिनुभयो । साथै उहाँले उक्त बसका लागि थप रकम आश्रमले बैंकबाट ऋण लिएर जुटाएको जानकारी दिँदै थप सहयोगका लागि पनि आग्रह गर्नुभयो ।

यसैगरी बालबालिकाको शिक्षाका लागि अभियानमा हुम्लाका दुई छोरीहरुको जिम्मेवारी लिनु भएका पुकार थापा का मातापिता नाट्य सम्राट मालती मङ्गलेका नायक मङ्गले हरि बहादुर थापा एवम् मिठु थापाले रकम हस्तान्तरण समेत गर्नु भयो।

सो समारोहमा पं मिनप्रसाद भट्टराईको समूहले स्वस्ती बाचन गरी शुभाशिष प्रदान गर्नुभएको थियो । साथै उहाँले आफूले सो आश्रमका लागि सक्दो सहयोग उपलब्ध गराउँदै आएको जानकारी पनि दिनुभयो ।