२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल News Polar कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि लाइनमा नबस्न निर्वाचन समितिको आग्रह News Polar चाडबाड नजिकिँदै अनलाइन ठगी बढ्यो, पोखरामा एकै व्यक्तिबाट ४ लाख ४२ हजार असुली News Polar बलिउड अभिनेता नाना पाटेकरको निधन News Polar शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ बजेदेखि News Polar मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली News Polar आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली News Polar चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा News Polar कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

ओलम्पिकमा नेपालको झण्डा स्यान्टु र मनिताले बोक्ने

ओलम्पिकमा नेपालको झण्डा स्यान्टु र मनिताले बोक्ने
अ अ+ अ-

काठमाडौँ: फ्रान्सको पेरिसमा आयोजना हुने ३३औँ गृष्मकालीन ओलम्पिक प्रतियोगिताको मार्चपासमा नेपालको झण्डा टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ र जुडो खेलकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन् ।

यही साउन ११ देखि २७ गतेसम्म हुने प्रतियोगिताको उद्घाटनमा स्यान्टु र मनिताले नेपालको भण्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । स्यान्टु क्षेत्रीय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा सहभागी हुन लागेकी हुन् ।

पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीको सहभागिता रहनेछ, जसमा स्यान्टु र मनितासहित ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

ओलम्पिकमा सुटिङमा प्रदीप खाती, टेबल टेनिसमा राजेन्द्र कपाली, जुडोमा देवु थापा, एथलेटिक्समा कान्तिकुमारी महतो यादव र पौडीमा नयना शाक्यले प्रशिक्षको भूमिका निर्वाह गर्नेछन् । ब्याडमिन्टनका प्रिन्सले भने प्रशिक्षकविना खेल्नुपर्ने भएको छ । टिम डाक्टरमा नविसमानसिंह प्रधान छन् ।

त्यहाँ सहभागी हुने नेपाली टोलीका अधिकांश सदस्य पेरिस पुगिसकेका छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ भने उद्घाटनका अवसरमा उपस्थित हुने कार्यक्रमम रहेको ओलम्पिक कमिटीले जनाएको छ ।

यस्तै एथलेटिक्सतर्फ म्याराथनको प्रतिस्पर्धा अन्तिम दिन हुने भएकाले त्यसमा सहभागी हुने खेलाडी सन्तोषी भने यही साउन १५ गते पेरिस प्रस्थान गर्ने तय भएको छ ।रासस