२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल



अ+ अ-

राँझा । साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ ।

नेपालगञ्जदेखि ३० किलोमिटर टाढा अवस्थित उक्त मन्दिर पुग्न करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । सन्तानेश्वरमा पूजाआजा गर्नेको भीड लाग्ने गरेको छ । हिजो सोमबार बाँके, बर्दिया, दाङलगायत भारतबाट पजि भक्तजन आएका मुख्य पुजारी योगानन्द गिरीले जानकारी दिनुभयो ।

धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको सन्तानेश्वर पुग्ने सडक सहज नहुँदा समस्या भएकोे नरैनापुरका सोहनलाल यादव बताउनुहुन्छ । पहाडको माथिल्लो भागमा रहेको मन्दिरबाट जङ्गलका साथै मनोरम प्राकृतिक दृश्य देख्न सकिन्छ ।

यसैबीच, बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले सन्तानेश्वरमा धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति हरसम्भव काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राप्ती सोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगञ्जको बागीश्वरी र नरैनापुरको सन्तानेश्वर महादेवलाई जोडेर धार्मिक पर्यटन क्षेत्र बनाउन आफू क्रियाशील रहेको बताउनुभयो । रासस