१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमित नजिक, कार्यदलले बुधवारसम्म निस्कर्ष निकाल्ने

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमित नजिक, कार्यदलले बुधवारसम्म निस्कर्ष निकाल्ने
अ अ+ अ-

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले बुधवारसम्म अन्तिम निस्कर्ष निकाल्ने भएको छ ।

मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, कार्यदलका सदस्य एवं गृहमन्त्री रमेश लेखक, महेशकुमार बर्तौला र जनार्दन शर्माको टोलीले सो विषयमा छलफल गरेको हो ।

बैठकमा टिआरसी विधेयक सम्बन्धी सहमति हुन बाँकी केही बुँदाहरुमा छलफल भएको र बुधवार बैठक बसेर त्यसलाई टुंग्याइने बताइएको छ । बैठकबारे बोल्दै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले एकाध बुँदाहरु टुंग्याउन बाँकी रहेकाले बुधवार पुन: बैठक बसेर अन्तिम रुप दिने बताउनु भयो ।

उहाँले मृतक सुरक्षाकर्मीका परिवारलाई राहत दिने सम्बन्धी विषयमा उल्लेख गर्नेगरी सकारात्मक रुपमा छलफल भएको बताउनु भयो । उहाँले सजाय सम्बन्धी केही मापदण्डबारे पनि छलफल भएको बताउनु भयो । उहाँले बुधवार बैठक बसेर टुंगो लगाइ नेतृत्वलाई प्रतिवेदन बुझाउने बताउनु भयो । द्वन्द्वमा सहभागी भएका पीडितलाई कसरी सम्बोधन गर्ने, सुरक्षाकर्मीका पीडित परिवारलाई कसरी सम्बोधन भन्ने विषय टुंगो लाग्न बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज टिआरसी विधेयक सम्बन्धी विषयमा बनेको कार्यदलको बैठक बस्यो । त्यसमा सहमति हुन बाँकी केही बुँदाहरुमा व्यापक छलफल भयो । त्यसमा कतिपय बुँदा टुंगिएको छ । भाषागत रुपमा मिलाएर एकाध बुँदाहरु टुंग्याउन बाँकी छ । भोलि अर्को बैठक बसेर त्यसलाई अन्तिम रुप दिने तयारीमा छौँ । आज विशेष गरी मृतक सुरक्षाकर्मीका परिवारलाई राहत दिने सम्बन्धी विषयमा उल्लेख गर्नेगरी सकारात्मक रुपमा टुंग्याएका छौँ । सजाय सम्बन्धी केही मापदण्ड थियो, त्यसमा पनि छलफल भएको छ । अन्तिम चरणमा पुगेको छ । सकारात्मक रुपमा छलफल अघि बढेको छ ।’

‘भोलिको बैठकमा सहमति भएर प्रतिवेदन नेतृत्वलाई बुझाउने छौँ । पीडितको स्वतन्त्र सहमतिको सन्दर्भमा कसरी त्यसलाई टुंग्याइन्छ भन्ने विषय छ । विभिन्न ढंगले द्वन्द्वमा सहभागी भएका पीडितलाई कसरी सम्बोधन गर्ने भन्ने विषय छ । सुरक्षाकर्मीका पीडित परिवारलाई कसरी सम्बोधन गर्ने भन्ने विषय बाँकी छ । सजाय कतिसम्म तोक्न सकिने भन्नेबारेका विषयहरुमा सबै विषयमा छलफल भइ सकारातमक ढंगले अन्तिम बिन्दुमा पुगेका छौँ । भोलिसम्म टुंग्याउँछौँ ।’

कार्यदलका सदस्य एवं सत्तापक्षका प्रमुख सचेतक महेशकुमार बर्तौलाले संक्रमणकालीन न्यायलाई प्रभावकारी ढंगबाट पीडितलाई केन्द्रमा राखेर टुंग्याउने बताउनु भयो । उहाँले संक्रमणकालीन न्याय सहमतिबाट नै टुंगो लगाइने र सोअनुसारको वातावरण बन्दै गएको बताउनु भयो । उहाँले सहमतिको करिव ७० प्रतिशत नजिक पुगेको उल्लेख गर्दै अब एक वा दुई वटा कार्यदलको बैठक बसेर टुंग्याइने दाबी गर्नुभयो । उहाँले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक चालु अधिवेशन वा आउँदो अधिवेशनबाट पारित गर्नेगरी काम अघि बढाइने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय लामो समयसम्म अल्झिरहेको छ ।

संसदमा एउटा विधेयक विचाराधिन छ । हामीले समितिमार्फत काम पनि गरिरहेका छौँ । तर केही विषयहरु बाँकी छ । संक्रमणकालीन न्यायलाई प्रभावकारी ढंगबाट पीडितलाई केन्द्रमा राखेर टुंग्याउन पहल प्रधानमन्त्रीले गर्नुभएको छ । संक्रमणकालीन न्यायसँग जोडिएको विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन प्रधानमन्त्रीज्युबाट निर्देशन प्राप्त भयो । हामी महत्वपूर्ण निर्णयको वरिपरि पुगेका छौँ । सहमतिबाट यो टुंगो लगाउँछौँ । यो सत्ता पक्ष र प्रतिपक्षको विषय मात्रै होइन । सिंगो देशको विषय हो । करिव हामी ७० प्रतिशत सहमतिको नजिक छाँै । बैठकमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पनि हुनुहुन्थ्यो, आजको बैठक सकारात्मक भएको छ, निस्कर्षउन्मुख जानका लागि आजको लागि बैठकले वातावरण बनाएको छ । यही चालु अधिवेशनबाट पारित गर्ने वा आउँदो अधिवेशनमा पारित गराउने गरी हामी अघि बढ्छौँ ।’

संसद्को कानून समितिको उपसमितिले तयार पारेको मस्यौदामा मानव अधिकारको गम्भीर उल्लङ्घनमा समावेश गरिएको स्वेच्छाचारी रूपमा क्रुरतापूर्वक गरिएको हत्या दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषय र सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । मानव अधिकारको उल्लङ्घनको घटनामा मेलमिलापको लागि पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्ने विषय र घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने भन्ने विषयबारे दलहरूबिच मतभेद छ । यि सबै विषया ७० प्रतिशत सहमति जुटिसकेको प्रमुख सचेतक बर्तौलाले बताउनु भयो ।