• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

एआईजीमा सिफारिस भएर पनि बढुवा नभएका पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश



काठमाडौं। सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएपछि नियुक्ति नपाई डीआईजीबाटै अवकाश पाएका पोषराज पोखरेलको रिट दायर गर्न आदेश दिएको छ।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पोखरेलको रिट दायर गर्न आदेश गरेको हो। उनी एआईजीमा सिफारिस भएर पनि बढुवा नभई अवकाश पाएका थिए।

यसअघि सर्वोच्च अदालत प्रशासनले पोखरेलको रिट निवेदन दरपिठ गर्ने निर्णय गरेको थियो। रिट दरपीठ भएपछि पोखरेलले दरपीठविरुद्ध अर्को निवेदन दिएका थिए ।

गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले १० असारमा पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । तर समयमा बढुवा नगर्दा उनले डीआईजीमा अवकाश पाएका थिए।

गृहमन्त्रालयले सोमबार मात्र रिक्त रहेको एआईजीमा दरबन्दीमा डीआईजी रामदत्त जोशीलाई सिफारिस गरेको थियो।