२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सिंघम’ को १३ औं वार्षिकोत्सवमा ‘सिंघम–३’ को छायांकन सम्पन्न



अ+ अ-

एजेन्सी । फिल्म निर्माता रोहित शेट्टीले सोमबार अजय देवगनसँग आफ्नो आगामी फिल्म ‘सिंघम अगेन’ को सुटिङ पूरा गरेका छन् ।

यसै अवसरमा निर्देशकले एक भिडियो सेयर गरेका छन् । यो कुरा सेयर गर्दै रोहितले सिङ्घम अगेनको सुटिङ त्यही दिन सकिएको बताए जुन १३ वर्षअघि सन् २०११ मा रिलिज भएको थियो ।

रोहितले अजयसँग ३३ वर्षदेखि काम गरिरहेको र निर्देशकको रूपमा अजयसँगको यो १३औँ फिल्म भएको बताए ।

यो दृश्यको पछाडिको भिडियो शेयर गर्दै रोहितले लेखेका छन्, ‘सिंघमको १३ वर्ष र भाइचाराको ३३ वर्ष’ भिडियोमा रोहितले भने, ‘आज हामीले फिल्म सिंघमको १३ वर्ष पूरा गरेका छौं । आज डेस्टिनी हेर्नुहोस् यो फिल्मको वार्षिकोत्सवको अवसरमा यसको तेस्रो भाग ‘सिंघम अगेन’ को छायांकन सकिएको छ ।’

रोहितले अजयको पहिलो फिल्म फूल और कान्टे (१९९१)मा सहायकको रुपमा काम गरेका थिए । यस बाहेक उनी सुहाग,हकीकत, प्यार तो होना ही था र राजू चाचा जस्ता फिल्महरूमा पनि अजयको सहायक पनि । सन् २००३ मा रोहितले फिल्म जमीन बाट निर्देशनमा डेब्यू गरे जसमा अजय मुख्य भूमिकामा थिए ।