१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

नेपालबाट एक वर्षमा तीन अर्ब १८ करोड भन्दा बढि ‘डग च्यू’ निर्यात

नेपालबाट एक वर्षमा तीन अर्ब १८ करोड भन्दा बढि ‘डग च्यू’ निर्यात
अ अ+ अ-

काठमाडौं । नेपालले एक वर्षमा ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ अर्थात् छुर्पी निर्यात गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले १६ लाख ४६ हजार ८८७ किलोग्राम ‘डग च्यू’ निर्यात गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपालले ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ केजी ‘डग च्यू’ निर्यात गरेको थियो ।

‘डग च्यू’ चौरी गाई तथा गाईको दुधबाट बनाइने छुर्पीको प्रकार हो । जसको प्रयोग पश्चिमा मुलुकहरुमा कुकुर तथा बिरालोको आहारकारुपमा गरिन्छ ।

नेपालले अमेरिका, क्यानडा, बेलायत, जापान, हंकङ, ताईवान, सिंगापुर, नेदरल्याण्ड्स, ग्रिस, मलेसिया, दुबई, थाइल्याण्ड, फिलिपन्स, चाईना, फ्रान्स, न्युजल्याण्ड, कतार र इटाली लगायत २२ राष्ट्रहरुमा ‘डग च्यू’ पठाउने गरेको छ ।