२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालबाट एक वर्षमा तीन अर्ब १८ करोड भन्दा बढि ‘डग च्यू’ निर्यात



अ+ अ-

काठमाडौं । नेपालले एक वर्षमा ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ अर्थात् छुर्पी निर्यात गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले १६ लाख ४६ हजार ८८७ किलोग्राम ‘डग च्यू’ निर्यात गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपालले ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ केजी ‘डग च्यू’ निर्यात गरेको थियो ।

‘डग च्यू’ चौरी गाई तथा गाईको दुधबाट बनाइने छुर्पीको प्रकार हो । जसको प्रयोग पश्चिमा मुलुकहरुमा कुकुर तथा बिरालोको आहारकारुपमा गरिन्छ ।

नेपालले अमेरिका, क्यानडा, बेलायत, जापान, हंकङ, ताईवान, सिंगापुर, नेदरल्याण्ड्स, ग्रिस, मलेसिया, दुबई, थाइल्याण्ड, फिलिपन्स, चाईना, फ्रान्स, न्युजल्याण्ड, कतार र इटाली लगायत २२ राष्ट्रहरुमा ‘डग च्यू’ पठाउने गरेको छ ।