काठमाडौँ । देशका २७ मध्ये २० वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । ती मध्ये ६ वटाको भने साधारण सभाले समेत पारित गरेर लगानीकर्ताको खातामा बाेनस आउने चरणमा छ। सानिमा बैंकले सबै भन्दा पहिले साधारण सभा गरेर लाभांश पारित गरेको छ । सानिमाले लगानीकर्तालाई १३.६० प्रतिशत लाभांश वितरण गर्नेछ । बोनस शेयर १० प्रतिशत र नगद लाभांश ३.६० प्रतिशत रहेको छ ।
त्यसैगरी, बैंक अफ काठमाण्डूले पनि साधारण सभा गरेर लाभांश पास गरिसकेको छ । यो बैंकले आफ्ना लगानीकर्ताहरुलाई १३ प्रतिशत लाभांश दिनेछ जसमा १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ ।
सिटिजन्स बैंकले पनि ३ प्रतिशत नगद र ८ प्रतिशत बोनस गरी ११ प्रतिशत लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । एनआईसी एशिया बैंकले साधारण सभा गरी लाभांश पारित गरिसकेको छ । यस बैंकले शेयरधनीहरुलाई २० प्रतिशत लाभांस दिने भएको छ । त्यसमा १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनस शेयर रहेको छ। कुमारी बैंकले पनि ३.१५ प्रतिशत नगद र १०.८५ प्रतिशत बोनस शेयर गरी १४ प्रतिशत लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । बिहिबार मात्रै माछापुच्छ्रे बैंकले एजीएमबाट ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस शेयर गरी १०.४० प्रतिशत लाभांश पारित गरेको छ ।
हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमध्ये सबै भन्दा धेरै एनआइसी एशिया बैंक र हिमालयन बैंक रहेका छन् । यी दुबै बैंकहरुले लगानीकर्ताहरुलाई २०.२० प्रतिशत लाभांश घोषणा गरेका छन् । एनआइसी एसियाले १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश (कर प्रयोजन) का साधारण सभाबाट पारित गरिसकेको हो भने हिमालयन बैंकले भने १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने भएको छ । यसैक्रममा ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमध्ये १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश छ । स्ट्याण्डर्ड चाटर्डले ११.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद लाभांश छ ।
सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश दिँदैछ । त्यसमध्ये ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद लाभांश छ । नेपाल एसबिआई बैंकले ९.४७ प्रतिशत लाभांश दिने भनेको छ । जसमा ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद छ । यसैगरी प्रभु बैंकले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ०.५२ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर छ । सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने भएको छ । जसमा ३ प्रतिशत नगद र १२ प्रतिशत बोनस शेयर छ ।
एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोमध्ये ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश छ । नेपाल बंगलादेश बैंकले ८.४२ प्रतिशत लाभांश दिने भनेको छ । त्यसमा ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांश रहेको छ । यसैगरी मेगा बैंकले बिहिबार मात्रै १३.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा ३.०५ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर छ । नेपाल बैंकले नगद ४ प्रतिशत र बोनस १६ प्रतिशत गरी १६ प्रतिशत लाभांश दिने भएको छ ।
लक्ष्मी बैंकले ११.५ प्रतिशत बोनस दिने भएको छ । जसमा नगद २.५ र बोनस सेयर ९ प्रतिशत छ । सेञ्चुरी कमर्सियल बैंकले २.२५ नगद र ५.२५ प्रतिशत बोनस शेयर गरी जम्मा ७.५० प्रतिशत लाभांश दिने भएको छ । यता कृषि विकास बैंक ०.७८ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर गरी १५.७८ प्रतिशत लाभांश दिने भएको छ । नेपालको पुँजी बजारमा सबै भन्दा ठूलो हिस्सा ओगटेका वाणिज्य बैंकहरुको लाभांशले बजार बढाउन भूमिका खेलेको बताउने गरिएको छ । तर कोरोना कहरका कारण अधिकांश बैंकहरुको नाफा उल्लेख्य मात्रामा वृद्धि नभएकाले लाभांशमा भने कमि आएको देखिन्छ ।
२७ वाणिज्य बैंक मध्ये अब ७ बटा वाणिज्य बैंकले मात्र लाभांश घोषणा गर्न बाँकी छ । नबिल बैंक, सिभिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनसीबी बैंक, एनएमबि बैंक र प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गर्न बाँकी छ ।











