२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा पढ्न एक लाख १२ हजार बढी विद्यार्थीले लिए एनओसी



अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/०८१ मा विदेशमा पढ्न एक लाख १२ हजार बढी विद्यार्थीले एनओसी लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाको तथ्याङ्क अनुसार एक वर्षमा एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन् ।

विभिन्न ६६ देशमा अध्ययन गर्न जान एक लाख १२ हजार ५९३ जना नेपालीहरूले एनओसी लिएका छन् । जसमा ९४ विषयमा अध्ययन गर्न एनओसी लिएका छन् ।

नेपालीहरु अध्ययनका लागि सबैभन्दा बढी जापान गएका छन् । जापानका लागि ३४ हजार ७३१ विद्यार्थीले एनओसी लिएका छन् । त्यस्तै दोस्रोमा क्यानडा र तेस्रो स्थानमा अस्ट्रेलिया रहेको छ । क्यानडाका लागि १५ हजार ९८२ जना र अस्ट्रेलियाका लागि १४ हजार ३७२ जनाले एनओसी लिएका छन् ।

त्यस्तै युकेका लागि १३,३३९, अमेरिकाका लागि ११,२६१ जना र कोरियाका लागि ६,८८९ जनाले एनओसी लिएका छन् ।

जापानिज भाषा पढ्नका लागि ३३ हजार ६९७ एनओसी जारी भएको छ भने म्यानेजमेन्टका लागि २८,८९१, बिजनेसका लागि १०,०२९, हेल्थका लागि ४,१५९, साइन्स एन्ड टेक्नोलोजी पढ्न ४१०२ एनओसी जारी भएका छन् ।