२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा पढ्न एक लाख १२ हजार बढी विद्यार्थीले लिए एनओसी



अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/०८१ मा विदेशमा पढ्न एक लाख १२ हजार बढी विद्यार्थीले एनओसी लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाको तथ्याङ्क अनुसार एक वर्षमा एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन् ।

विभिन्न ६६ देशमा अध्ययन गर्न जान एक लाख १२ हजार ५९३ जना नेपालीहरूले एनओसी लिएका छन् । जसमा ९४ विषयमा अध्ययन गर्न एनओसी लिएका छन् ।

नेपालीहरु अध्ययनका लागि सबैभन्दा बढी जापान गएका छन् । जापानका लागि ३४ हजार ७३१ विद्यार्थीले एनओसी लिएका छन् । त्यस्तै दोस्रोमा क्यानडा र तेस्रो स्थानमा अस्ट्रेलिया रहेको छ । क्यानडाका लागि १५ हजार ९८२ जना र अस्ट्रेलियाका लागि १४ हजार ३७२ जनाले एनओसी लिएका छन् ।

त्यस्तै युकेका लागि १३,३३९, अमेरिकाका लागि ११,२६१ जना र कोरियाका लागि ६,८८९ जनाले एनओसी लिएका छन् ।

जापानिज भाषा पढ्नका लागि ३३ हजार ६९७ एनओसी जारी भएको छ भने म्यानेजमेन्टका लागि २८,८९१, बिजनेसका लागि १०,०२९, हेल्थका लागि ४,१५९, साइन्स एन्ड टेक्नोलोजी पढ्न ४१०२ एनओसी जारी भएका छन् ।