२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई विभागबाट बगेको पानी बस्तीमा पस्दा नरेफाँटका विद्यालय र घरहरुमा क्षति



अ+ अ-

काठमाण्डौ । सोमबार मध्यरातमा परेको भिषण वर्षातको कारण त्रिदेवीनगर, कोटेश्वरस्थित हवाई विभागको जमीनबाट बगेको लेदो सहितको हिलो पानी पस्दा काठमाण्डौ महानगरपालिका वडा नं ३२ नरेफाँटको एउटा नीजि विद्यालय र केही घरहरुमा क्षति हुन पुगेको छ ।

वडा नं ३२ स्थित त्रिदेवीनगरको पुर्वतर्फ नागरिक उडड्यन प्राधिकरण अन्र्तगत हवाई विभागको स्वामित्वमा रहेको ४५० रोपनी क्षेत्रफलको खाली जग्गामा रातभरी परेको पानी जम्मा भएर बग्दा नरेफाँटमा रहेको युरो स्कुलको खेलमैदानको पर्खाल भत्केर क्षति भएको छ भने सो स्कुलको अधिकांश कक्षा कोठामा लेदो माटो र पानी जमेको छ ।

विगतका वर्षमा वर्षातको मौसममा पानी पर्दा धेरैजसो पानी सोही ४५० रोपनी खाली जग्गाले सोस्ने गथ्र्याे भने यो वर्ष हवाई विभागले गत असार महिनामा सो जग्गाको पश्चिमतर्फ ३ फिट चौडाईको करीव ५०० मिटर लामो कुलो बनाएर त्यहाँको पानी बस्तीबाट बग्ने सानो ढलमा मिसाएपछि समस्या देखिएको हो ।

प्राविधिक अध्ययन अनुसन्धान विना हवाई विभागको सो जग्गाको पानी कम क्षमताको र सानो आकारको ढलमा मिसाउँदा ओभरफ्लो भएर घरघरमा बाढी छिरेको नरेफाँटका स्थानीय विराज श्रेष्ठ बताउँछन् । राती साँढे ११ बजेदेखिको अविरल वर्षातका कारण स्थानीय नरेफाँटका वासिन्दा रातभरी सुत्न सकेका थिएनन् । एकाविहानैदेखि उनीहरु आआफ्नो घर र विद्यालयमा छिरेको लेदो माटो र हिलो पन्छाउन व्यस्त थिए ।
राती परेको पानी र बगेको लेदो माटोले पुर्याएको क्षति हेर्न बागतमी प्रदेशका सांसद सुनिल केसी,वडा नं ३२ का वडासदस्य हरि बस्नेत, महानगर प्रहरी निरीक्षक जर्नादन अधिकारीको टोली नरेफाँट पुगेको थियो ।

हवाई विभागको उक्त ४५० रोपनी जग्गामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडारसंग सम्वन्धित उपकरण ‘भिओर डिएमई’ रहेको छ । विगत केही वर्षदेखि सो क्षेत्रको नेपाली सेनाको ब्रिजिङ्ग शाखाले सुरक्षा दिँदै आएको छ्र ।