२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीआरसी सहजीकरणका लागि गठित कार्यदलसँग प्रधानमन्त्रीको छलफल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सहजीकरणका लागि गठित कार्यदलसँग छलफल गर्ने भएका छन् ।

बालुवाटारमा बिहान ११ बजेपछि बैठक बस्ने गरी बोलाईएको एक नेताले बताए ।

प्रधानमन्त्री ओलीले एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी नेता जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएका छन्।

कार्यदलको कार्यविवरण र त्यसबारे थप छलफल गर्न प्रधानमन्त्रीले बोलाएको एक नेताले बताए ।