१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृत केन्द्रीय विभागको भाइरल तस्बिर



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत संस्कृत केन्द्रीय विभागले गुरु पूर्णिमाका दिन गरेको एक कार्यक्रमको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आइतबार गुरुपूर्णिमा दिन संस्कृत केन्द्रीय विभागले गरेको कार्यक्रममा राखिएको ब्यानरलाई लिइर तस्बिरमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

तस्बिरमा देखिएको ब्यानरमा नै ‘ह्यापी गुरुपूर्णिमा’ लेखिएको छ । यसले अगुवाहरु नै भाषा बिगार्न उद्दत रहेको देखिन्छ ।

त्यसमाथि ब्यानरमा लेखिएका शब्द पनि अशुद्ध छन् ।

त्रिभुवन विश्वविद्यालयले देशकै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो । त्यसमाथि संस्कृत विभाग त झन् भाषामा निपूर्ण नै हुन्छ भन्ने मान्यता छ । तर गुरुपूर्णिमाका दिन गुरुहरुलाई समेत राखेर गरिएको कार्यक्रमको ब्यानर नै अंग्रेजी मिश्रित र गल्ती नै गल्तीले भरिपूर्ण भएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ ।