५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूलीमा हराएका यात्रु खोज्न भारतीय गोताखोरले पनि सकेनन्



अ+ अ-

चितवन । चितवनको त्रिशुली नदीमा बससहित खसेका यात्रुको खोजी गर्न भारतीय गोताखोर टोलीले पनि सकेको छैन ।

भारतबाट समेत गोताखोरसहितको १२ जनाको टोली र नेपालको सशस्त्र प्रहरीको तालिम प्राप्त टोली, नेपाली सेना, नेपाल प्रहरी मिलेर खोजी गरिरहेका छन्, तर पछिल्लो तीन दिनयता खोजी टोलीले न बस न त हराइरहेका यात्रु, केही भेट्न सकेको छैन ।

घटना भएको आज १२ औं दिन भइसकेको छ । तर त्रिशूलीमा हराइरहेका ६२ मध्ये २५ जनाको मात्रै शव भेटिएको छ । बसको नामोनिशान भेटिएको छैन । बाँकी ३७ जनाको पनि अत्तोपत्तो छैन ।

त्रिशूली र नारायणीमा पानीको बहाव उच्च छ । सिमलतालबाट लेदोसहितको पहिरोले बगाएकै दिनदेखि खोजी कार्य चलिरहेको भए पनि बससँग सम्बन्धित सामग्री एउटा पर्दाबाहेक खोजी टोलीले केही पाउन सकेको छैन ।

‘भारतबाट आएका १२ जना र नेपालका सुरक्षाकर्मीको टोलीसहित गर्दा करिब ५०० जना उद्धार टोली नदी र किनारामा खोजिरहेको छ । पछिल्ला तीन दिनदेखि केही भेट्न नसक्दा हराइरहेका यात्रु भेटिने सम्भावना पनि कम हुँदै गएको छ ।

तर, खोजी कहिलेसम्म हुन्छ भन्ने जवाफ स्थानीय प्रशासनले दिन सकेको छैन । सरकारको अनुरोधमा केही सामग्री पानीमुनि देखिए रेकर्ड गरेर पछि हेर्न समेत सकिने आधुनिक प्रविधि सोनार क्यामरा लिएर आएका भारतीय टोली सात दिनसम्म खोजीमा संलग्न हुने जनाइएको छ ।

असार २७ गते भरतपुर– २९ सिमलतालमा माथिबाट खसेको लेदोसहितको पहिरोले काठमाडौंबाट गौर जाँदै गरेको गणपती यातायातको ३६ यात्रु बोकेको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको २६ यात्रु बोकेको एञ्जल डिलक्स यातायातको बसलाई एकै पटक त्रिशूलीमा खसाएको थियो । गणपती यातायातमा सवार तीन जनाले भने त्रिशूलीमा पौडिएर ज्यान जोगाएका थिए ।

बाँकी त्रिशूलीमा हराइरहेका २५ जनाको शव नारायणी किनार, भारतको बिहारको पश्चिम चम्पारणको नदी किनारका विभिन्न स्थानबाट भेटिएको छ । भेटिएकामध्ये दुई जनाको शव पहिचान भएको छैन ।