काठमाडौ । सभामुख अग्नि सापकोटा विरुद्ध व्यक्ति हत्या सम्बन्धी परेको मुद्दा सर्वोच्च अदालतले आज पेशीमा राखे पनि शुक्रबार हेर्न नभ्याइनेमा परेको छ । शसस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रत्यक्ष संग्लन भएको भन्दै लामाकी पत्नी पूर्णिमायाले २०६४ सालमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनु भएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा मुद्दाको पेशी थियो ।यस अघि पटक पटक पेशीमा राखिए पनि हेर्न नभ्याएको भन्दै मुद्दाको सुनुवाई सर्दै आएको थियो ।











