१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

पर्यटक लोभ्याउँदै ‘बिपी–पुष्पलाल वाटिका’

पर्यटक लोभ्याउँदै ‘बिपी–पुष्पलाल वाटिका’
अ अ+ अ-

झापा । यहाँको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।

काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । वाटिकामा मनोरम फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताद्वय बिपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक रहेको छ ।

विसं २०४६ मा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको सफलताबाट बहुदलीय प्रजातन्त्रको बहाली भएपश्चात् नेताद्वय बिपी र पुष्पलालको एकै स्थानमा सालिक निर्माणको अवधारणा बनेको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनुभयो । सोही अवधारणाअनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का स्थानीय नेताहरुले बिपी पुष्पलाल वाटिका तथा सहिद स्मृति प्रतिष्ठानको स्थापना गरेका थिए ।

प्रतिष्ठानको अगुवाइमा विसं २०७८ माघ १५ गते तत्कालीन प्रदेश सांसद श्रीप्रसाद मैनालीले बिपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक निर्माणको शिलान्यास गर्नुभएको थियो । विसं २०८० जेठ ७ गते वाटिकासहित दुवै नेताको सालिकको मेचीनगर नगरप्रमुख बुढाथोकीले उद्घाटन गर्नुभएको थियो । मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको १२ कट्ठा जग्गामा निर्मित वाटिकामा नेताद्वयको पूर्णकदको सालिक स्थापना गरिएको छ ।

काँकडभिट्टासम्म घुम्नका लागि भारत र बङ्गलादेशबाट आउने पर्यटकहरु यही वाटिकामा पुग्ने गरेको स्थानीय होटल व्यवसायी रामबहादुर तामाङ बताउनुहुन्छ । “होटलमा बास बसेर फर्किहाल्ने पर्यटकहरुले नजिकको घुम्ने ठाउँ कहाँ छ भनेर सोध्छन्,” उहाँ भन्नुहुन्छ, “हामी उनीहरुलाई बिपी पुष्पलाल बाटिका पुर्याइदिन्छौं । त्यहाँ घुमेर फोटो खिच्छन् । टिकटक र रिलका लागि भिडियो बनाउँछन् ।”

वाटिका निर्माण समितिका अध्यक्षसमेत रहनुभएको तामाङले वाटिकामा कोशी प्रदेश सरकारको रु ३० लाख र मेचीनगर नगरपालिकाको रु पाँच लाख लगानी भएको जानकारी दिनुभयो । वाटिकाको सुन्दरता अभिवृद्धिका लागि अझ बजेट आवश्यक रहेको उहाँले बताउनुभयो ।

राजनीतिक तीर्थस्थल

नेपाली राजनीतिमा सबैभन्दा सम्मानित नेताको रुपमा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई मानिँदै आएको छ ।

दुवैको सालिक एउटै वाटिकामा भएकाले यो वाटिका कांग्रेस र कम्युनिष्ट दुवै विचारका अुनयायीका लागि राजनीतिक तीर्थस्थल बनेको नेकपा (एमाले) मेचीनगरका अध्यक्ष राजु कार्की बताउनुहुन्छ । “कमरेड पुष्पलालको स्मृति दिवसमा साउन ७ गते हरेक वर्ष हामी यही वाटिकामा भेला भएर श्रद्धासुमन अर्पण गर्दै उहाँको योगदानको स्मरण गर्छौं,” एमाले नगर अध्यक्ष कार्कीले भन्नुभयो, “ठीक एक दिनअघि नेपाली कांग्रेसका साथीहरु यही वाटिकामा भेला भएर लोकतान्त्रिक आन्दोलनका शीर्ष नेता बिपी कोइरालाप्रति श्रद्धासुमन अर्पण गर्नुहुन्छ ।”

यस वर्ष सोमबार पुष्पलाल स्मृति दिवस कार्यक्रममा भेला भएका नेकपा(एमाले)का नेता तथा कार्यकर्ताहरुले एउटै स्तम्भमा दुईतिर रहेका पुष्पलाल र बिपीप्रति समान आदरभाव प्रकट गरे । आइतबार नेपाली कांग्रेस मेचीनगरले यही स्थानमा श्रद्धाञ्जली समारोहको आयोजना गर्दा बिपी र पुष्पलाल दुवैको सालिकमा रुद्राक्षको माला लगाएर कांग्रेस नेता तथा कार्यकर्ताले श्रद्धासुमन अर्पण गरेका थिए । एमाले नेता तथा कार्यकर्ताले दुवै सालिकमा माल्र्यापण गरेका थिए ।रासस