५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्पलालको जन्मथलोमा यसरी मनाईयो स्मृति दिवस



अ+ अ-

रामेछाप । नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ सहित तीनलालको भूमि रामेछापमा उहाँहरू प्रति श्रद्धा प्रकट गर्दै ४६ औँ पुष्पलाल स्मृति दिवस मनाइएको छ ।

नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी, राणा शासन विरुद्धको आन्दोलनको सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मथलो रामेछापको मन्थली स्थिति तीनलाल पार्कमा रहेको उहाँहरूको प्रतिमामा सोमबार बिहान माल्यार्पण कार्यक्रम आयोजना गरिएको छ ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेकपा एमाले मन्थली नगरपालिका कमिटीको आयोजनामा भएको हो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले देश परिवर्तनको काम एक्लैले सम्भव नहुने बताउनुभयो । त्यसैले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले राजतन्त्र फाल्न कांग्रेस र कम्युनिष्ट मिल्नु पर्छ भनेको उहाँले स्पष्ट पार्नुभयो । त्यसैले पुष्पलाल दूरदर्शी नेता भएको बताउँदै पुष्पलाले भोलिको समेत प्रष्ट दृष्टिकोण राख्ने गरेको शाक्यले बताउनुभयो । पार्टी नेता प्रधान होइन नीति प्रधान हुनुपर्ने बताउँदै शाक्यले पुष्पलालको मूल धारणा नै त्यही भएको प्रष्ट पार्नुभयो ।

पुष्पलालको विचार र जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । एमाले अहिले सत्तामा मात्र नभएर मूल नेतृत्वमा नै भएकोले नागरिकका समस्या समाधानको प्रमुख जिम्मेवारी पनि एमालेकै काँधमा आएको शाक्यले बताउनुभयो । ‘कतै गणतन्त्र माथि नै प्रश्न नउठोस्, अप्ठेरो नआओस्, नेपाली जनता बिदेसिन बाध्य नहुन्, देशमा स्थायित्व, सुशासन र समृद्धिको यात्रा कायम गर्न सकियो हामीले हाम्रै कालमा नेपाललाई समृद्ध मूलक बनाउन सकिन्छ’, उहाँले भन्नुभयो ।

अहिलेको सरकारलाई नकारात्मक रूपबाट भन्दा पनि सकारात्मक रूपबाट हेर्न र सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । सबैले साथ दिँदा मात्र बलिदानबाट प्राप्त गणतन्त्र संस्थागत र सुदृढ हुने उहाँको धारणा छ ।

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अहिले ठुला पार्टी मिलेर सरकार बनेको बताउँदै उहाँले अब अलमलिन जरुरी नरहेको बताउनुभयो । एक अर्कामा अन्तर्विरोध सिर्जना गर्ने, आलोचन गर्ने भन्दा पनि देशको समृद्धि, देशको विकासको लागि सबैले इमानदारीपूर्वक काम गर्नुपर्नेमा उहाँले जोड दिइन् । जसरी कृष्णलाल अधिकारी, गङ्गालाल श्रेष्ठ र पुष्पलाल श्रेष्ठले देश र लोकतन्त्रको लागि जीवन दिनुभयो त्यसैगरि सबै लाग्ने हो देशले चाँडै मुहार फेर्ने उहाँको दाबी छ । ‘नेपाललाई, समृद्ध, सुशासनयुक्त गणतान्त्रिक मुलुक हो भनेर विश्वलाई चिनाउन सक्छौँ, त्यो काम गर्ने बेला आएको छ’, शाक्यले भन्नुभयो ।

पुष्पलालको स्मृति दिवस मनाउँदा माला मात्र लगाएर नहुने बताउँदै उहाँले पुष्पलालको जीवनशैलीबाट के कुरा सिक्न सक्छौँ भन्ने कुरा प्रमुख भएको बताउनुभयो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया लगायत पदाधिकारी तथा सदस्यहरू, मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे लगायतका पदाधिकारी तथा सदस्य, जनसंगठनका नेताहरू, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।