६ पुष २०८२, आईतवार
,
Latest
प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस मनाईदै



अ+ अ-

काठमाडौं । आज साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस ।

उहाँको स्मृति दिवसको अवसरमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल प्रति उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्रीले पुष्पलालको विचार सही सावित भएको उल्लेख गर्नुभएको छ ।

पुष्पलालले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापित गर्ने लक्ष्य लिनुभएको प्रधानमन्त्रीले जनाउनुभएको छ । निरंकुशर राजतन्त्र विरुद्ध कम्युनिष्ट र कांग्रेस मिलेर लड्नु पर्ने पुष्पलालको विचार सहि सावित भएको उहाँले उल्लेख  गर्नुभएको छ ।

ओलीले लेख्नु भएको छ, ‘उहाँले नै सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गर्नु भयो, निरंकुश राजतन्त्र विरुद्ध कम्युनिष्ट र कांग्रेसले मिलेर संयुक जनआन्दोलन गर्नु पर्ने उहाँको विचार सही साबित भयो, मेरा अग्रज नेता पुष्पलालको स्मृति दिवसमा उहाँप्रति उच्च सम्मान र श्रद्धा ।’