• २१ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 6 2024
  •   Unicode
Logo

संविधानको पुनःलेखन, संशोधन, परिमार्जन आवश्यकः अध्यक्ष यादव



photo : rss

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको पुनःलेखन, संशोधन, परिमार्जन आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले मुलुकको राजनीतिक अवस्था जटिल मोडमा पुगेको पनि बताउनु भयो ।

उहाँले संविधान घोषणा भएको समयमा मेचीदेखी महाकालीसम्म जनताले कालो दिवस मनाएको भन्दै जनतामाथि गोली वर्षाएर, जनता मारेर घाषणा गरिएको संविधान पूर्ण नरहेको बताउनु भयो ।

उहाँले ३ सय भन्दा बढी संशोधन प्रश्तुत भएपनि संशोधन नै नगरी घोषणा गरिएको बताउनु भयो । उहाँले शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, प्रादेशिक संरचना र क्षेत्राधिकारहरुका विषयमा संविधान संशोधनको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले मुलुकको राजनीतिक अवस्था डिलमै पुगिसकेको छ । कहिले कहीँ चिन्ता हुन्छ, अब यि ठूला दलको संयुक्त सरकार असफल भए, यो सहकार्य लामो गएन भने त्यसपछिको विकल्पहरु कति दुःखद् र पीडादायी होला । यो ठूलो चुनौति रहेको छ । मुलुक त्यसबेला ठूलै राष्ट्रिय संकटतर्फ जानसक्छ । संकटतर्फ नजाओस् भन्ने हाम्रो चाहना हो । संविधान संशोधनको सवाल अति महत्वपूर्ण सवाल हो । यो संविधान घोषणा भएको समयमा मेचीदेखी

महाकालीसम्म जनताले कालो दिवस मनाएका थिए । जनतामाथि गोली वर्षाएर, जनता मारेर घाषणा गरिएको संविधान हो । संविधान सभामा ३ सय भन्दा बढी संशोधन प्रश्तुत भएका थिए, छलफल नगरीकन घोषणा गरियो । यो संविधानको पुनःलेखन, संशोधन, परिमार्जन आवश्यक छ । शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, प्रादेशिक संरचना र क्षेत्राधिकारहरुका विषयमा संशोधनको आवश्यकता छ ।’

अध्यक्ष यादवले संविधान संशोधन सार्थक रुपले अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।