९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको प्रश्नः गिरीबन्धु टि स्टेट लगायतका प्रकरणमा के गर्नुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको प्रश्नः गिरीबन्धु टि स्टेट लगायतका प्रकरणमा के गर्नुहुन्छ ?
photo:rss
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम र बजेट विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूमाथि प्रतिनिधि सभामा विश्वासको मत राख्ने क्रममा दिनुभएको अभिव्यक्ति जनतालाई भ्रम दिनेगरी आएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । आईतवार प्रतिनिधि सभा बैठकमा प्र्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले गिरिबन्धु टि स्टेट लगायतको भ्रष्टाचारको फाईल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले खोल्ने बित्तिकै नयाँ सत्ता समिकरण बनाएको आरोप लगाउँदै त्यस विषयमा के हुन्छ भनि सरकारलाई प्रश्न गर्नुभयो ।

उपमहासचिव पुनले गिरी बन्धु टि स्टेट लगायतका भ्रष्टाचारको काण्ड लुकाउन काँग्रेस र एमालेले मिलेर सरकार बनाएको आरोप लगाउँदै त्यसको जवाफ आफूहरुले चाहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज प्रधानमन्त्रीेले जति कुराहरु गर्छु भन्नुभयो । ती कुराहरु भाषणमा मात्रै सीमित हुनेछन् । किनभने त्यसलाई कार्यक्रमले, बजेटले समर्थन गर्नुपर्ने हुन्छ । होइन भने जनतालाई झुक्याउने खालको कुरा हुन्छ । यसो नगरीदिनुहोस् भन्ने मेरो अनुरोध हो ।

किनभने जिम्मेवार मान्छे, चार चार पटक प्रधानमन्त्री भईसकेको मान्छे । यो कुरा नबुझेर होइन । अलिकति जनतालाई भ्रम दिने ढंगले कुराहरु नगरिदिनुहोस् भन्ने मेरो अनुरोध छ । र मैले भन्न खोजेको कुरा के हो भने आज भ्रष्टाचारको कुरा उठने वित्तिकै कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका विभिन्न फाईल खोल्ने बित्तिकै नक्कली भुटानी शरणार्थीदेखि गिरीबन्धु टी स्टेटसम्मका कुराहरु उठदै गर्दा यहाँ नेपाली काँग्रेसका मानननीय महामन्त्रीजीहरुले ती एजेण्डा छोड्दैनौं भनिराख्नु भएको छ । त्यसमा निश्चय पनि नेपाली काँग्रेसलाई पनि प्रश्न हुन्छ । हिजो त यही हाउसमा अपोजिशनमा हुँदा गिरीबन्ध टी स्टेट, गिरीबन्धु टी स्टेट भनियो । के हुन्छ यसमा ? यसमा हामीले जवाफको अपेक्षा गरेका छौं । नेपाली जनताले यसको जवाफको अपेक्षा गरेको छ । ’

उपमहासचिव पुनले नेपाली काँग्रेसले पनि गिरीबन्धु टी स्टेटलगायतको मुद्दामा उठाएको प्रश्नमा प्रधानमन्त्रीसँग जवाफ माग्नुपर्ने बताउनु भयो ।