• २१ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 6 2024
  •   Unicode
Logo
Latest
★   केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु ★   ‘मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा’ ★   विष्णु माझी र तीजका तरङ्गहरू ★   प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना ★   हरितालिका (तीज): पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड – फोटोफिचर ★   सुनको मूल्यमा कीर्तिमान, तोलामै एक हजार तीन सयले बढ्यो ★   पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान ★   विश्व फुटबलमा रोनाल्डोले राखे अर्को कीर्तिमान ★   महिलाको जीवनमा गुणात्मक रुपान्तरण ल्याउनु प्रमुख कार्यभारः अध्यक्ष दाहाल ★   चाडपर्वले विविधताभित्रको एकतालाई बलियो बनाउँदै आएको छः सभामुख घिमिरे

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको प्रश्नः गिरीबन्धु टि स्टेट लगायतका प्रकरणमा के गर्नुहुन्छ ?



photo:rss

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम र बजेट विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूमाथि प्रतिनिधि सभामा विश्वासको मत राख्ने क्रममा दिनुभएको अभिव्यक्ति जनतालाई भ्रम दिनेगरी आएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । आईतवार प्रतिनिधि सभा बैठकमा प्र्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले गिरिबन्धु टि स्टेट लगायतको भ्रष्टाचारको फाईल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले खोल्ने बित्तिकै नयाँ सत्ता समिकरण बनाएको आरोप लगाउँदै त्यस विषयमा के हुन्छ भनि सरकारलाई प्रश्न गर्नुभयो ।

उपमहासचिव पुनले गिरी बन्धु टि स्टेट लगायतका भ्रष्टाचारको काण्ड लुकाउन काँग्रेस र एमालेले मिलेर सरकार बनाएको आरोप लगाउँदै त्यसको जवाफ आफूहरुले चाहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज प्रधानमन्त्रीेले जति कुराहरु गर्छु भन्नुभयो । ती कुराहरु भाषणमा मात्रै सीमित हुनेछन् । किनभने त्यसलाई कार्यक्रमले, बजेटले समर्थन गर्नुपर्ने हुन्छ । होइन भने जनतालाई झुक्याउने खालको कुरा हुन्छ । यसो नगरीदिनुहोस् भन्ने मेरो अनुरोध हो ।

किनभने जिम्मेवार मान्छे, चार चार पटक प्रधानमन्त्री भईसकेको मान्छे । यो कुरा नबुझेर होइन । अलिकति जनतालाई भ्रम दिने ढंगले कुराहरु नगरिदिनुहोस् भन्ने मेरो अनुरोध छ । र मैले भन्न खोजेको कुरा के हो भने आज भ्रष्टाचारको कुरा उठने वित्तिकै कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका विभिन्न फाईल खोल्ने बित्तिकै नक्कली भुटानी शरणार्थीदेखि गिरीबन्धु टी स्टेटसम्मका कुराहरु उठदै गर्दा यहाँ नेपाली काँग्रेसका मानननीय महामन्त्रीजीहरुले ती एजेण्डा छोड्दैनौं भनिराख्नु भएको छ । त्यसमा निश्चय पनि नेपाली काँग्रेसलाई पनि प्रश्न हुन्छ । हिजो त यही हाउसमा अपोजिशनमा हुँदा गिरीबन्ध टी स्टेट, गिरीबन्धु टी स्टेट भनियो । के हुन्छ यसमा ? यसमा हामीले जवाफको अपेक्षा गरेका छौं । नेपाली जनताले यसको जवाफको अपेक्षा गरेको छ । ’

उपमहासचिव पुनले नेपाली काँग्रेसले पनि गिरीबन्धु टी स्टेटलगायतको मुद्दामा उठाएको प्रश्नमा प्रधानमन्त्रीसँग जवाफ माग्नुपर्ने बताउनु भयो ।