१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदाको दिन दाहालको दैलोदेखि शितल निवाससम्म प्रधानमन्त्रीको दौडधुप !



अ+ अ-

काठमाडौ । पार्टी भित्रको अन्तरकलह पेचिलो बन्दै जाँदा शनिबार प्रधानमन्त्री केपी ओली दिनभर जस्तो बालुवाटार बाहिरका भेटघाटमा व्यस्त हुनुभयो । हत्तपत्त छलफलका लागि बाहिर ननिस्कने  प्रधानमन्त्री ओली  शनिबार बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुग्नुभयो । शुक्रबार साँझमात्र बालुवाटारमा दाहालसँग सम्वाद गर्नुभएका ओलीले  दुई वर्षपछि दाहालको दैलोमा पुगेर आफू सहमतिका लागि प्रयासरत रहेको सन्देश दिन खोज्नु भएको थियो ।

तर सहमति कसरी भन्ने अन्योल रहेकै बेला दुबै तिरका गुट भेलामा सहभागी हुन छाड्नु भएका उपाध्यक्ष गौतमलाई झण्डै साथमा लिएर दाहाल निवास पुग्नु भएका ओलीले दाहाल नेपाल समूहमा फेरि एकता आशंका र शंसय उत्पन्न गराउन सफल हुनु भएको छ । जसका कारण ओली दाहाल छलफल सकिन नपाउँदै अर्का वरिष्ठ नेता माधवकुमार नेपाल कोटेश्वरबाट सिधै दाहाल निवास पुग्नुभयो  । यद्यपी, अध्यक्ष दाहालका प्रेस सहयाेगी विष्णु सापकाेटा जुगलले पार्टीभित्रका मूल अन्तरविराेध दुइ नेताबीच शनिबारकाे बैठकले छिनाेफानाे गर्न नसक्ने बताउनु भएकाे छ ।

अध्यक्ष ओलीसँग जे जस्तो कुराकानी भए पनि आफूहरुको एजेण्डामा कुनै सहमति नगरेको प्रतिबद्धता नेपाल समक्ष गर्नुपर्ने अवस्था दाहाललाई भयो । दोस्राे पुस्तालाई नेतृत्व छाड्ने अस्त्र छाडेर आफू नै बलियो हुने उपाए खोज्दै गर्नु भएका ओली  सकेसम्म आगामी निर्वाचन र महाधिवेशनसम्म दुबै पद जोगाउने, यदि दुबै पद जाने अवस्था भए एक पद दाहाल, नेपाल, खनाल बाहेक अर्को नेतालाई छाड्ने उपायमा हुनुहुन्छ । यसका लागि सहज पात्र गौतम उहाँको रोजाईमा पर्नुभएको अनुमान खुमलटारमा बोलाउनुले पनि दिन्छ ।

यसअघि पनि भदौमा गौतमको साथले ओलीलाई आड मिलेपछि उहाँ गौतम निवास भैंसेपाटी पनि पुग्नु भएको थियो । अध्यादेशले अप्ठ्यारोमा पर्नुभएका ओलीलाई आफनो स्वभाब विपरीत फेरि पछाडि हटेर फिर्ता लिनु पर्ने अवस्था पक्कै पनि कठिन भै रहेकाे छ । सभामुख भएदेखि ग्रह नमिलेका सभामुख अग्नि सापकोटा संवैधानिक परिषद्को बैठककमा उपस्थित नभएपछि क्रियाको प्रतिक्रिया स्वरुप हतारमा पुरानो अध्यादेश पुनः व्युंताएका कारण पार्टी भित्र र बाहिरबाट एकै पटक तारोमा परेपछि ओली दौडधुपमा निस्कनु भएको हो । अध्यादेश फिर्ता लिन मानसिक रुपमा तयार रहे पनि आफूमाथि अर्का अध्यक्ष दाहालले लगाएको आरोप पनि फिर्ता लिन लगाउने उपायको खोजीमा हुनुहुन्छ ।  

जसका कारण दाहालको दैलोबाट प्रधानमन्त्री ओली सिधै गृहमन्त्री रामबहादुर थापाको निवास मन्त्री क्वाटर पुल्चोक पुग्नुभयो । दुई अध्यक्षबीच के कुरा भयो? सहमति भयो त ? भन्ने प्रश्न बोकेर बसेका गृहमन्त्री सहितका अन्य नेतालाई प्रधानमन्त्री ओलीले त्यति सुखद खबर सुनाउनु भएन ।  पुल्चोकबाट प्रधानमन्त्री ओली  बाुवाटारमा फर्केर दुई छलफलको समीक्षा गर्दै आफू निकट नेताहरुसँग छलफलमा व्यस्त हुनुभयो ।

अध्यादेश फिर्ताको पत्र खल्तीमा बोकेर  हिँड्नु भएका प्रधानमन्त्री ओली साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नुभयो । आइतबार बस्ने स्थायी समितिकाे बैठक अघि नै कुनै न कुनै सकारात्मक उपायको खोजीमा लाग्नु भएका प्रधानमन्त्री ओली शनिबार दिनभरको दौडधुपको समीक्षा गर्दै कुनै निर्णयमा त पुग्नु होला त्यही निर्णयले  नै नेकपा भित्रको रडाको अब कुन दिशामा जान्छ भन्ने तय हुन्छ ।