१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेपाङ बालबालिकालाई न्यानो कपडा वितरण



अ+ अ-

भरतपुर । चितवन माडीका सुकुम्वासी चेपाङ परिवारका ८० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । शनिबार माडी नगरपालिका–९ स्थित राईडाँडामा कृष्णनगर माध्यमिक विद्यालयमा पढ्ने उनीहरुलाई कपडा वितरण गरिएको हो ।

जाडोमा बालबालिकालाई विद्यालय जान समस्या परेपछि बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा न्यानो कपडा वितरण गरिएको समन्वय र सहजीकरण गर्नुभएका सञ्चारकर्मी नारायण सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा माडी नगरपालिकाका उपप्रमुख ताराकाजी महतोले जाडोमा सुकुम्वासी परिवारका बालबालिकालाई परेको समस्यामा सहयोग गर्नेहरुप्रति  हार्दिक धन्यवाद ज्ञापन गर्दै न्यानो कपडा पाएपछि विद्यार्थीलाई विद्यालय जान सहयोग हुने बताउनुभयो ।

कार्यक्रममा माडी नगरपालिका प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष शिवहरि सुवेदीले सुकुम्वासी चेपाङ परिवारका बालबालिकाको शैक्षिक विकासमा सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।