३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

फूड पोइजनिङको शिकार भएर अस्पताल भर्ना भइन् अभिनेत्री जान्हवी कपूर



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री जान्हवी कपूर खानामा विषाक्तता (फूड पोइजनिङ)का कारण मुम्बईको एक अस्पतालमा भर्ना भएकी छिन् । यसको पुष्टि उनका बुबा बोनी कपुरले गरेका छन् ।

एनडीटीभीसँग कुरा गर्दै बोनीले जान्हवीको अवस्था अहिले राम्रो भएको र एक–दुई दिनमा निको हुने बताए । त्यसपछि मात्रै उनलाई अस्पतालबाट डिस्चार्ज गरिनेछ ।

जान्हवीको स्वास्थ्य विगत केही दिनदेखि ठिक नभएपछि उनलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

पछिल्ला केही साता जान्हवीका लागि निकै व्यस्त सावित भएको थियो । उनले मुम्बईमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहको सबै समारोहमा भाग लिएकी थिइन् । यी समारोहमा जान्हवीको लुक्सको निकै तारिफ भएको थियो ।

जान्हवीको आगामी फिल्म उल्झ हो । यो फिल्म अगस्ट २ मा रिलिज हुँदैछ । जान्हवी यस फिल्ममा आईएफएस अफिसरको भूमिकामा देखिनेछिन् । चलचित्रका निर्देशक राष्ट्रिय अवार्ड विजेता सुधांशु सारिया हुन् । चलचित्रलाई जंगली पिक्चर्सले निर्माण गरेको हो ।