२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड, माधव नेपाल र रवि लामिछानेबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

माओवादी संसदीय दलको कार्यालयमा जारी बैठकमा अहिले पनि तीन दलका नेताबिच छलफल भईरहेको छ । छलफलमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा उपसभापति डिपी अर्याल पनि सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिँदैछन् । विपक्षमा रहेका माओवादीसहित रास्वपा र नेकपा एसले अगामी संसदको रणनीति र पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरेका बुझिएको छ ।