काठमाडौ । मुलुकमा विकसित पछिल्लो घटनाक्रम बारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक बोलाएको छ ।
पार्टीका नेता मोहन श्रेष्ठका अनुसार संसद विघटन सम्वन्धि मन्त्रिपरिषदको निर्णय पछि मुलुकमा विकसित पछिल्लो घटनाक्रम बारे छलफल दिउसो तीन बजे बैठक बोलाइएको जानकारी दिनुभयो ।











