१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

पुन:प्रदर्शनको तयारीमा ‘बुलाकी’

पुन:प्रदर्शनको तयारीमा ‘बुलाकी’
अ अ+ अ-

काठमाडौँ । विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’ यही साउन ३२ गतेदेखि पुन:प्रदर्शन हुने भएको छ । तात्कालिन समयमा चलचित्र भवनले शो बाँडफाँडमा विभेद गरेको भन्दै निर्माता विराज विष्टले चलचित्रको प्रदर्शन रोक्नुभएको थियो ।

नेपाल चलचित्रको निर्माणमा डिजिटल युगको सुरुआत भएसँगै प्रदर्शनमा सहजता भएको छ । चलचित्र प्रदर्शनका लागि प्रिन्ट बोकेर चलचित्र भवन पुग्नुपर्ने युगको अन्त्य भएसँगै नेपाल मात्र नभई विश्वभर प्रदर्शनका लागि सहजता भएको छ । सोही कारण पनि पछिल्लो समय पुन:प्रदर्शन हुने चलचित्र सङ्ख्या बढ्दो देखिन्छ ।

यसैवर्ष गत असार ७ गते ‘आचार्य’ पुन:प्रदर्शन गरियो । स्वर्गीय गायक भजन शिरोमणी भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र व्यावसायिकरुपमा सफल हुन नसके पनि पुन:प्रदर्शनका लागि परिक्षण गर्न निर्माता अझैँ सक्रिय छन् ।

“हाम्रो चलचित्रलाई प्रदर्शन सहजतामा कठिनाई भएको थियो । सोही कारण पुन:प्रदर्शन गर्ने तयारीमा थियौँ । वितरक र प्रदर्शकसँग सल्लाह गरेर यो समय उचित लागेपछि पुन:प्रदर्शनका लागि तयारी थालेका छौँ”, निर्माता विष्टले भन्नुभयो । उहाँले चलचित्र पुन:सम्पादन गरी प्रदर्शन गरिने जानकारी दिनुभयो ।

निर्माता विष्टले यसलाई नयाँ चलचित्र झैँ दर्शकसम्म पुर्‍याउने तयारी गरिएको बताउनुभयो । चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

प्रदर्शनका लागि चलचित्र वितरण गर्नु हुने वितरक करण श्रेष्ठले नयाँ वा पूरानो जुनै चलचित्रले पनि आफ्नो जानकारी दर्शकसम्म पुर्याउनु पर्ने बताउनुभयो । “दर्शकलाई आकर्षित गर्न निर्माण पक्षले मेहनत गर्नुपर्छ । प्रचारप्रसारसँगै नयाँ विधी अपनाएर चलचित्रको बारेमा जानकारी दिनु आवश्यक छ । अहिले चलचित्र हेर्ने ओटीटीजस्ता अन्य माध्यमको पनि विकास भइरहेको छ”, उहाँले भन्नुभयो ।

कोरोना महामारीका कारण भएको बान्दाबन्दी पश्चात् ‘कठपुतली’, ‘चपली हाइट–३’, ‘विहे पास’लगायत चलचित्र पुन:प्रदर्शन भइसकेका छन् ।