एजेन्सी । भारतको टी-२० क्रिकेट टिमको कप्तानीको जिम्मेवारी सूर्यकुमार यादवलाई दिईएको छ ।
रोहित शर्माले टी-२० अन्तर्राष्ट्रियबाट सन्न्यास लिएपछि सूर्यकुमारलाई कप्तानको जिम्मेवारी दिईएको हो । उनले आगामी श्रीलंका भ्रमणबाट राष्ट्रिय टीमको नेतृत्व गर्नेछन्।
यस्तै, शुममन गिल उपकप्तान बनेका छन् । हालै अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा हार्दिक पाण्ड्या उपकप्तान थिए। पाण्ड्याले विश्वकपमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
नवनियुक्त मुख्य प्रशिक्षक गौतम गम्भिर टोलीमा आएसँगै टिममा पनि परिवर्तन गरिएको हो।