
एजेन्सी । स्पेनिस क्लब एटलेटिको मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
मंगलबार राति युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगमा १-० को जितसहित एट्लेटिकोले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
पहिलो लेग १९१ को बराबरीमा सकिएको एटलेटिले समग्रमा २-१ को जित निकाल्यो । एटलेटिकोलाई दोस्रो लेगमा जित दिलाउन रेनान लोडीले एकमात्र गोल गरेका थिए । उनले ४१ औं मिनेटमा हेडरमार्फत गोल गरेका थिए ।
पराजित युनाइटेड च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।
यस्तै मंगलबार राति नै भएको अर्को खेलमा डच फुटबल क्लब आयाक्सलाई हराउँदै पोर्चुगिज फुटबल क्लब बेन्फिका पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आयाक्सको मैदानमा भएको दोस्रो लेगमा बेन्फिकाले १-० गोलको जित निकाल्दै समग्रमा ३-२ को नतिजासहित अन्तिम आठमा स्थान बनाएको हो ।
बेन्फिकालाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ७७ औं मिनेटमा डार्विन नुनेजले गरे ।
यता, पराजित आयाक्सको यो सिजनको च्याम्पियन्स लिगको यात्रा अन्तिम १६ बाटै टुंगिएको छ ।