२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा छ: भारतीय प्रधानमन्त्री मोदी



फाइल फोटो
अ+ अ-

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश दिनुहुँदै दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।

दुई देशबीचको सदियौँ पुरानो संस्कृति, सभ्यता र खुला सिमानाका कारण दुई देशका नागरिकबीच बलियो सम्बन्ध कायम गरेको भारतीय प्रधानमन्त्री मोदीले सन्देशमा उल्लेख गर्नुभएको छ । पछिल्लो समय दुई देशबीच कनेक्टिभिटी र ऊर्जालगायत क्षेत्रमा उल्लेख्य प्रगति भएको उल्लेख गर्नुहुँदै उहाँले दुई देशको समग्र विकासमा साझेदारी र सहकार्य गर्न नेपालका प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो ।

“भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल विशेष र प्राथमिकता साझेदारको रूपमा रहेको छ । हाम्रो पारस्परिक लाभका विषयमा साझेदारीलाई सुदृढ गर्दै र नयाँ मार्ग खोज्दै नेपालको आर्थिक विकासका साथै समृद्धि हासिल गर्न अटल साझेदार हुने प्रतिबद्धता छ”, भारतीय प्रधानमन्त्री मोदीको बधाई तथा शुभकामना सन्देशमा भनिएको छ, “हाम्रो द्विपक्षीय साझेदारी अझ माथि उठ्छ र दुवै देशका नागरिकको आकाङ्क्षा पूरा गर्न सहकार्यको सुनिश्चिततासहित नजिकबाट काम गर्न तत्पर छौँ ।”

नवनियुक्त प्रधानमन्त्री ओलीको नेतृत्व र अनुभवले दुई मित्र राष्ट्रहरूबीचको सम्बन्ध थप सुदृढ हुने र सहकार्य सकारात्मक दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।