काठमाडौं । नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि हाम्रो एक मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेको आरोप लगाउनु भएको छ ।
सामाजिक सञ्जाल मार्फत नेता शर्माले यसको रक्षाका लागि सबै तयार होऔ भन्दै आह्वान गर्नु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपतिमा सिफारिस गरेपछि नेता शर्मा सहित नेकपाका अरू पनि नेता एवं कार्यकर्ताले धारणा सार्वजनिक गर्न थालेका छन् ।











