• १७ भाद्र २०८१, सोमबार
  •      Mon Sep 2 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट ★   माओवादीबाट ‘डेथ वारेन्ट’ जारी भएका पाठक बने मन्त्री ★   मौन स्नान गरी मनाइयो सोमबारे औँसी ★   नागरिकता पाएको भोलिपल्टै प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आउँदै प्रकाश तामाङ ‘काले’ ★   रुसद्वारा किएभमा ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण ★   त्रिभुवन विश्वविद्यालयले माग्यो ११ क्याम्पस प्रमुखका लागि आवेदन ★   मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो ★   भाद्र कृष्ण औँसीः पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णमा भक्तजनको भीड ★   भाद्र कृष्ण औँसी: पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णमा भक्तजनको भीड-फोटो फिचर ★   संसदीय छानबिन विशेष समितिले कृषि सहकारीसँग छलफल गर्दै

पहिराेले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति



फुङ्लिङ, (ताप्लेजुङ) । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो ।

अविरल वर्षासँगै राति २ बजे गएको पहिराले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो । गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ । पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।

अध्यक्ष लिम्बूले भन्नुभयो, “सामान्य पहिरो राति १२ बजेदेखि सुरु भए पनि ठूलो पहिरो राति २ बजे गएको थियो । पालिका केन्द्र आवासीय क्षेत्रका बासिन्दा समयमै सुरक्षित क्षेत्रमा जान सफल भएकाले मानवीय क्षतिबाट बच्न सकियो ।”

बाढीले बिजुलीको पोल बगाएको, पशुचौपाया पहिरामा परेका तथा क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको तापेथोक प्रहरी चौकी प्रमुख सुरेश सिंजालीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो चौकी उच्च जोखिममा छ । पहिरो खस्न थाल्यो, नजिकबाट बग्ने तमोरमा पानीको तह बढ्दै गएकाले बाढी र पहिराको जोखिम तापेथोक छ ।” रासस