२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजाको कुरा गरेर निरङ्कुशता खोजेको होइन : कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले राजाको कुरा गरेर निरङ्कुशता र सर्बसत्ताबाद नखोजेको बताएका छन् ।

पार्टीको अर्थ सड्ढलन अभियानको हिजो शुभारम्भ गर्दै अध्यक्ष थापाले चुनावी राजनीति भन्दा माथिको अभिभावकीय संस्थाको रुपमा राजसंस्थाको एजेन्डा स्थापित गर्न आफूहरुले प्रयास गरिरहेको स्पष्ट पारे ।

भूराजनीतिक अबस्थाको कारणले पनि नेपालमा राजसंस्था जरुरी भएको भन्दै उनले बिदेशीहरुको दबाब र प्रभाबबाट मुलुकलाई मुक्त गर्नु प्रमुख आबश्यकता रहेकोमा जोड दिए । संघीयता मुलुकले धान्न नसक्ने भन्दै दुई तहको सरकार भए अहिलेको समस्या धेरै हद सम्म समाधान हुने थापाको तर्क थियो । चुनाव लड्न,जिट्न,सरकार बनाउन ,मन्त्री प्रधानमन्त्री बन्न बिदेशीको आशिर्वाद चाहिने प्रवृत्तिले मुकुकको स्वाधिनता कमजोर भएको उनको धारणा थियो ।

पछिल्लो राजनीतिक ध्रुवीकरणले मुलुकलाई दुर्घटनातर्फ लैजान खोजेको भन्दै थापाले हिन्दुत्व र राजसंस्था चाहने, संघीयताको खारेजी चाहने शक्ति र समूह एक भएर चुनौतीको सामना गर्ने समय आएको भन्दै थापाले राष्ट्रवादी शक्तिलाई बलियो बनाउन सबैको सहयोग आवश्यक भएको बताए । विदेशीको आशिर्वाद र सहयोग नखोज्ने राप्रपा नेपाल जस्तो स्वाभिमानी दललाई सबै नेपालीको सहयोग जरुरी भएकोले आर्थिक सड्ढलन अभियान शुरु गरिएको थापाले बताए ।