• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo
Latest
★   बालेनको कटाक्ष : ‘खड्गप्रसादका कारण बालदिवसको शुभकामना दिन सकिनँ’ ★   सहकारी छानविन समितिसँग प्रधानमन्त्रीको आग्रहः अनुहार होइन, व्यवहार हेरेर निस्कर्ष निकाल्नुस् ★   पाल्पाले पर्यटनलाई पर्याय बनाउनु पर्छ: अध्यक्ष ढकाल ★   राष्ट्रपति पौडेलद्वारा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र हस्तान्तरण ★   साउथह्याम्प्टनमाथि म्यान्चेस्टर युनाइटेडको सहज जित ★   नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री ★   ‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’ ★   ‘नागरिकतासम्बन्धी निर्देशिकाको समीक्षा हुन्छ’ ★   राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित ★   गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु

मौद्रिक नीति बजेटको परिपूरकको रुपमा आउनुपर्छ: उपसभापति वाग्ले



काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति बजेटको परिपूरकको रुपमा आउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीवार आयोजना गरेको नीति मन्थन कार्यक्रममा बोल्दै उपसभापति वाग्लले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ल्याएको बजेटले मध्येकालिन प्राथमिकता स्पष्ट बनाएकाले अर्थतन्त्रको शिथिलता चिर्न मौद्रिक नीति बजेटको परिपूरकको रुपमा आउनुपर्ने बताउनु भयो । डा।वाग्लले मौद्रिक नीतिलाई वित्त नीति सरह महत्व दिन जरुरी रेहेको बताउनु भयो ।

उहाँले अहिले मुलुकको अर्थतन्त्र शिथिल र सुस्त रहेको भन्दै अर्थतन्त्रमा देखिएको शिथिलता उपभोक्ताको माग र पुँजी लगानीमा संकुचन आएको बताउनु भयो । उहाँले मुलुकमा आयात,निर्यात र व्यापारघाटा पनि घटेको बताउनु भयो । उहाँले आयात र निर्यात घट्दा सरकारको राजश्व आम्दानीमा असर परेको बताउनु भयो । उहाँले १४ खर्ब २२ अर्ब राजश्व उठाउने सरकारको लक्ष्यमा असार मसान्तसम्म करिव १० खर्ब मात्रै राजश्व संकलन भएको बताउनु भयो । उहाँले वित्त नीतिले केही सकारात्मक दिशाहरु औंल्याएको पनि बजेटले अर्थतन्त्रको शिथिलता चिर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मौद्रिक नीतिलाई वित्त नीति सरह महत्व दिन जरुरी छ । अहिले मुलुकको अर्थतन्त्र शिथिल र सुस्त छ । उपभोक्ताको माग खस्केको छ । पुँजी लगानी पनि खस्केको छ । मुलुकमा आयात निर्यात पनि घटेको छ । व्यापारघाटा पनि घटेको छ । तर सरकारको राजश्व आम्दानीमा प्रहार गरेको छ । १४ खर्ब २२ अर्ब राजश्व उठाउने सरकारको लक्ष्यमा असार मसान्तसम्म करिव १० खर्ब मात्रै राजश्व संकलन भएको छ । मुलुकको राजश्वको वेस आयात हो । समग्र अर्थतन्त्र सुस्त भएको बेलामा आयात कम भएको बेलामा कर पनि कम उठेको छ । वित्त नीतिले केही सकारात्मक दिशाहरु औंल्याएको छ । मध्यमकालिन प्राथमिकतालाई बजेटले स्पष्ट बनाएको छ । तर बजेटले वर्तमान अर्थतन्त्र शिथिलता चिर्न सकेन । अर्थतन्त्रको कुल मागलाई उकास्नको लागि तत्काल गर्नुपर्ने काम बजेटले नगरेको गुनासो छ । मौद्रिक नीति बजेटको परिपुरकको रुपमा आउनुपर्छ । वित्त नीतिले गर्न नसकेका विषयमा मौद्रिक नीति परिपूरकको रुपमा ल्याएर अर्थतन्त्रको शिथिलतालाई चिर्नसक्छ । कर्जा,ब्याजदर,ऋणीहरुको ब्यालेन्ससिटलाई सहज बनाउनुपर्छ । कर्जालाई मौद्रिक नीतिमार्फत उत्पादनमुखी क्षेत्रमा वृद्धि गर्नु आवश्यक छ ।’

उहाँले अर्थतन्त्रको कुल मागलाई उकास्नको लागि तत्काल गर्नुपर्ने काम मौद्रिक नीतिले गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मौद्रिक नीति कर्जा,ब्याजदर,ऋणीहरुको ब्यालेन्ससिटलाई सहज बनाउने र कर्जा उत्पादनमुखी क्षेत्रमा वृद्धि गर्ने नीति आवश्यक रहेको बताउनु भयो ।