२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक, ट्रेलरमा उत्कृष्ट प्रतिक्रिया



अ+ अ-

काठमाडौं । श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा रहेको आइएनआइ सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलर पूर्ण प्याकेजको बनेको छ। एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेट्दै यसले थ्रिल महसुस गराउँछ। ट्रेलरमा देखाइने केही दृश्यहरू ‘सरप्राइजिङ’ छन्। यसमा अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठबिच अंकुराएको प्रेमलाई सुन्दर ढङ्गले बुनिएको छ। जब ट्रेलर क्लाइमेक्समा पुग्छ तब वर्षाको रौद्र रूपले चकित तुल्याउँछ।

ट्रेलरमा कुनै समय हिरोइन भएर दर्जनौँ चलचित्रमा काम गरेकी रेजिना उप्रेती वर्षाको आमाको भूमिकामा देखाइएको छ। उनलाई सेतै फुलेको कपालमा देख्न सकिन्छ। अभिनेता सरोज खनालको लुक्स पनि ट्रेलरको आकर्षक पक्ष हो। उनी पनि सेतै फुलेको लामो दाह्री र जुँगामा देखिएका छन्। यही चलचित्रबाट डेब्यु गरेका अमर प्रताप श्रेष्ठको लुक्स र अभिनय राम्रो देखिएको छ । उनको एक्सन पनि छरितो छ।

शाहिल खानले तयार पारेको ट्रेलर हेरेर चलचित्रका कलाकारहरू पनि दङ्ग देखिएका थिए। यो ट्रेलर युट्युबमा पनि सार्वजनिक भएको छ। युट्युबमा दर्शकले ट्रेलर प्रभावशाली रहेको प्रतिक्रिया दिइरहेका छन्। ट्रेलरले दर्शकलाई हलसम्म आकर्षित गर्न सक्ने देखिएको छ।

शङ्कर कोइरालाले निर्देशन गरेको यस चलचित्रमा वर्षा सिवाकोटी, अपर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ।

कार्यक्रममा निर्देशक दीपा श्री निरौलाले ‘मोदीबेनी’को सफलताको शुभकामना दिइन्। उनले चलचित्रको टिममा निकै उर्जा रहेकोले सफल हुनेमा विश्वास व्यक्त गरिन्। निर्देशक शंकर कोइराला, लेखक आनन्द विक्रम क्षेत्री तथा कलाकारहरूले सरोज खनाल, प्रवीण खतिवडा, रेजीना उप्रेती, वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ लगायतले यो चलचित्र उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताए।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन्। चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीको सम्पादन छ। चलचित्रका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ।

चलचित्रमा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ। ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको गर्ने यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।




भर्खरै