१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ५ सय ८८ जनामा संक्रमण पुष्टि, १ हजार ९७ जना कोरोनामुक्त



अ+ अ-

काठमाडौँ। आईतबार देशभर थप ५ सय ८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ६ सय २० को पिसिआर परिक्षणमा ५ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार पछिल्लो २४ घण्टामा एक हजार ९७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको छ।

यस्तै आइतबार थप १ हजार ९७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४३ हजार ६६४ जना घर फर्किसकेका छन् ।

मन्त्रालयका अनुसार संक्रमणबाट थप ११ जनाको मृत्यु भएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ८८ पुगेको छ।