काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेमा सय महिला र १ सय ३८ जना पुरुष रहेका छन् ।
काठमाडौंमा १७९, भक्तपुरमा २६ र ललितपुरमा ३३ जना नयाँ संक्रमित थपिएका हुन् ।











